
ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाउँपालिका वडा नं.३ गोटिखेलमा पर्ने प्राचीन कालेश्वर महादेव मन्दीरको माथि खुल्ला आकाशमा बिहिबार बिहान घाम झुल्केसँगै करिब ६ बजेतिर इन्द्रेणी देखा परेको छ ।
स्थानिय वासिन्दाहरुले अहिलेसम्म यो खालको दृश्य कालेश्वर महादेव मन्दीरको माथि खुल्ला आकाशमा देखिएकोले यो दृश्यले शुभ या अशुभ के हुने भन्न नसकिने अडकलबाजी गरेका छन् ।
यो दृश्यलाई दुर्लभ दृश्यको रुपमा दक्षिण ललितपुरका वासिन्दाले लिएको छ ।
तस्बिर : डम्बर स्याङतान तामाङ ।