करण तामाङ ग्लान “सायर”काे जापानी शैलीका राेचक डाेडाेइट्सुहरु


नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालका प्रवक्ता एवम् बुलबुल पब्लिकेसन्स् प्रा.लि.का सहयात्री सदस्य बेलकाेटगढी ४ सालखर्क नुवाकोटका युवा साहित्यकार करण तामाङ ग्लान ” सायर” का जापानी शैलीका केही राेचक डाेडाेइट्सुहरु सार्वजनिक गरिएको छ । डाेडाेइट्सु जापानी लाेकप्रिय साहित्यकाे एक विधा हाे । ७,७,७,५ नियममा रहेर माया प्रेम र व्याङ्ग्यात्मकतामा डाेडाेइट्सु लेखिनु पर्दछ । हालसम्म नेपालमा लाेकप्रिय युवा कवि श्रीराम श्रेष्ठ , रामकृष्ण अमर र युवा कवि करण तामाङ ग्लान सायरले मात्रै डाेडाेइट्सुमा कलम चलाएको पाइन्छ । सायरकाे नयाँ डाेडाेइट्सुहरु यसरी लेखिएको छ:-

एक )
चाउरिएकाे गाला
खुम्चिएकाे निधार
नक्कल तरुणकाे
घसेर तेल ।

दुई )
पुटुक्क भइन्जेल
परिकै घमण्ड भा
सुक्दै गएछ छाती
खै काउकुती ।

तीन)
तिर्खाए पछि माझी
खाेली भरी भा पानी
कताबाट पिउने
अकमक्कियाे ।

चार)
पापी आँखाहरु रे
त्याे उत्ताैली याेवन
अझ सरेको जामा
सम्हाल्नु ठूली ।

पाँच )
चढेको ती जवानी
थुक निल्दै बसेछ
ओँठ नखुले पछि
बढ्या छट्पटी ।

तामाङले प्राय जसाे महिला र पुरुषकाे माया प्रेम तथा बढ्ने काैतुहलतालाई व्याङ्ग्या गरेर डाेडाेइट्सु लेख्ने गर्छन् । तामाङ नेपाली साहित्य लेखन मात्र नभएर नेपाल कराँतेकाे राष्ट्रिय रेफ्रि, नेपाली हाँस्यटेली चलचित्र निर्देशक एवम् कलाकार, सञ्चारकर्मी रहनुका साथै आफ्नाे मातृभाषा तामाङ भाषामा पनि साहित्यका रचनाहरु सार्वजनिक गर्ने गर्दछन् ।

प्रकाशित: समय: 22:10:48  716पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार