वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका डा.लक्ष्मणप्रसाद घिमिरे सहायक निर्देशकमा बढुवा!


ललितपुर । महाँकाल गाउँपालिका वडा नं.३ गोटिखेलका वासिन्दा एवं वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र मध्य बानेश्वर काठमाडौंमा कार्यरत डा.लक्ष्मणप्रसाद घिमिरे प्राविधिकतर्फ सहायक निर्देशकमा सोमबार बढुवा हुनुभएको छ ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र पदपूर्ति समितिको बैशाख २७,२८ र २९ गते वसेको बैठकले कार्य क्षमता मुल्यांकनद्धारा वैकल्पिक उर्जा विकास समिति,कर्मचारी सेवा शर्त नियमावली-२०६६(संसोधनसहित)को नियम ५१ वमोजिम ९ औं तहमा डा.घिमिरे,यस्तै गरि ११ औं तहमा प्रशासनतर्फ नायव कार्यकारी निर्देशक नवराज ढकाल,निर्देशक सुर्यप्रसाद सापकोटा १० औं तह,सहायक निर्देशक मदन के.सी.९ औं तह,प्राविधिकतर्फ मुकेश घिमिरे सहायक निर्देशक ९ औं तह र वरिष्ठ अधिकृत ८ औं तहमा डा.कुन्दन पोखरेल मजगैंया,सन्तोष राईलाई बढुवा गरिएको जनाएका छन् ।

प्रकाशित: समय: 13:42:39  196पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार