जापानमा २७० जनाको अवस्था चिन्ताजनक, ८,७७८ जना डिस्चार्ज- स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय


जापान, टोकियो ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार, मे ९ तारिख सम्ममा नयाँ कोरोनाभाइरसबाट संक्रमित पुष्टि भइसकेका र जसलाई भेन्टिलेटर वा गहन सेवा युनिटमा उपचार दिइन्छ। त्यस्ता खालका चिन्ताजनक अवस्थाका बिरामीहरूको संख्या  जापान भित्रका २ सय ६६ जना  क्रूज जहाजहरुका ४ जना यात्रु सहित जम्मा २७० जना रहेका छन् ।

त्यस्तै गरी लक्षण सुधारको कारण कोरोना पराजित भएर अस्पतालबाट डिस्चार्ज भएकाहरूको संख्या ८ हजार १ सय २७ जना र क्रुज पानी जहाजका यात्रु र चालक दलका सदस्यहरु ६ सय ५१ जना सहित जम्मा ८ हजार ७ सय ७८ जना रहेका छन् ।

अहिलेसम्म स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले व्यक्तिगत संक्रमित व्यक्तिको अवस्था पुष्टि गरी कम्पाइल गरिसकेको थियो । तर काम सफल हुन सकेन र ९ तारिखपछि, त्यसलाई प्रत्येक प्रान्तले आफ्नो वेबसाइटमा व्यक्तिहरूको संख्या गणना गर्ने विधिमा परिवर्तन गरेको छ ।

फलस्वरूप, अस्पतालबाट डिस्चार्ज हुनेहरूको संख्या मे ८ तारिखको तुलनामा २ हजार भन्दा बढि बढ्यो । जापानमा हालसम्म संक्रमित व्यक्तिहरूको संख्या एयरपोर्ट क्वारेन्टाइन सहित १५ हजार ७ सय ७७ जना र योकोहामा पोर्टका यात्रु र चालक दलका सदस्यहरू ७ सय १२ जना गरी जम्मा १६ हजार ५ सय ८९ जना रहेका छन् ।

जापानमा कोरोना कारण जापान भित्रका ६ सय २४ जना र योकोहामा पोर्ट क्रुज जहाजमा सवार यात्रुहरू १३ जना गरी जम्मा ६ सय ३७ जनाले ज्यान गुमाइ सकेको छ ।

प्रकाशित: समय: 1:11:47  714पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार