ऋषेश्वर ११ फुटबल क्लबका सदस्यहरुद्वारा बाटो सरसफाइ


रामचन्द्र मोक्तान , मकवानपुर ।

मकवानपुरको थाहा नगरपालिका ऋषेश्वर ११ फुटबल क्लबका सदस्यहरुले बुद्ध जयन्तीको अबसर पारी बाटो सरसफाइ गरेका छन् । २५६४ औं बुद्ध जयन्तीको अबसर पारेर मकवानपुरको दामनमा अबस्थित प्रसिद्ध ऋषेश्वर मन्दिरको द्वार देखि मन्दिर परिसरसम्मको बाटो ऋषेश्वर ११ फुटबल क्लबका सदस्यहरुद्वारा सरसफाइ गरिएको क्लबका सदस्य सुमन बिष्टले जानकारी दिए ।
यसरी बाटोमा विभिन्न रुखहरुको झार पातहरुले ढाकिएर फोहोर भएको र हरेक साल यसरी नै बाटो सरसफाइलाई निरंतरता दिने क्लबका सदस्य बिष्टले बताएका छन् ।

प्रकाशित: समय: 5:47:17  835पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार