खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङद्धारा”मिलिजुली कृषि तथा पशुपंक्षी फर्म”को अवलोकन,आवस्यक सहयोग गर्ने प्रतिवद्धता!


रामेछाप । खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङले खाँडादेवी गाउँपालिका वडा नं.३ घोर्मामा स्थानिय युवाहरुले करिब ३ महिना अघि स्थापना गरेको”मिलिजुली कृषि तथा पशुपंक्षी फर्म”को मंगलबार स्थलगत अवलोकन भ्रमण गर्नु भएको छ ।

खाँडादेवी गाउँपालिका वडा नं.३ सित्खाबजारका अक्षयकुमार खत्री,वडा नं.२ निगालपानीका अशोक लामा,अशोक घिसिङ,रमेश लामाको रु.४० लाखको लगानीमा मिलिजुली घोर्मा कृषि समूहको नेतृत्वमा स्थापित फर्मको स्थलगत अवलोकन भ्रमण गर्नुहुँदैं गाउँपालिका अध्यक्ष तामाङले फर्मको लागि गाउँपालिकाले सक्दो आवस्यक सहयोग गर्ने,स्थानीय युवाहरुले गाउँमा नै बसेर युवाहरुको नैं अगुवाइमा मिलिजुली कृषि तथा पशुपंक्षी फर्मको स्थापना गरेर ४५ वटा गोलभेंडाका टनेला निर्माण गरेर,अहिले फल फलाको देख्दा आफुलाई खुशी लागेको कुरा गाउँपालिका अध्यक्ष प्रेम तामाङ राख्नु भएको फर्मका संचालक अशोक मोक्तान लामाले तामाङपेजसँगको टेलिफोन सम्पर्कमा जनाएका छन् ।

रामेछाप खाँडादेवीका यी चार जना युवाहरुले स्थानिय व्यक्तिहरुको ३५ रोपनी जग्गा भाडामा लिएर मिलिजुली कृषि तथा पशुपंक्षी फर्म संचालनमा ल्याएको हो ।

प्रकाशित: समय: 13:00:21  464पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार