कोरोना कहरका बिच प्रेस स्वतन्त्रता दिवस मनाइंदै, अवस्था सुधार नभएको पत्रकार महासंघको ठहर


आज मे ३, अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाइंदैछ ।

सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूलाई सम्मान गर्दै यो दिवस विश्वभरि मनाइन्छ ।

रिपोर्टर विदाउट बोर्डर आरएसएफले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२ औँ स्थानमा छ ।

कोरोना सङ्क्रमणका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहे पनि नेपाल पत्रकार महासङ्घ लगायतले प्रेस स्वतन्त्रताबारे डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन प्रसारणमार्फत विविध कार्यक्रम आयोजना गरी दिवस मनाउँदैछन् । महासंघले दिउँसो १ बजे विशेष डिजिटल संवाद कार्यक्रम गर्ने भएको छ ।

यसैबीच २०७६ सालमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था अझ खस्किएको पाइएको छ । नेपाल पत्रकार महासंघका अनुसार २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका र यी घटनामा ९४ पत्रकार तथा तीनवटा सञ्चार संस्था पीडित भएका छन् ।

प्रकाशित: समय: 8:59:51  142पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार