
राजाराम गौतम, काभ्रे ।
प्रभावन जे र अन्जना गुरुङको “बरको छायाले” गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । पछिलो समय सामाजिक सचेतनामुलक गीतमा धेरै जोड दिने सर्जक, लोक तथा दोहोरी गायक प्रभावन जेको रेडियो नेपालमा पहिलो पटक रेकर्ड गराएका गीत बरको छायाले सार्वजनिक भएको हो ।
२०५३ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको जसमा चर्चित गायिका तारा थापाले साथ दिनु भएको थियो । सोही गीत २०६१ सालमा रि–रेकर्ड गरिएको र चर्चित गायिका अन्जना गुरुङले साथ दिएकी छिन् । यो गीतले गरिबीले परदेशिएकाहरुको कथा बोकेको छ । सो गीतको भिडियोको डीबी टेलिभिजनलाई बजाइदिन पठाएको र त्यसको प्रति आफूसंग सुरक्षित नभएकोले गीतलाई जिउँदो राख्न लिरिकल भिडियो बनाइ बजार ब्यबस्थापन गरिएको डि ए आर मुभिज एंड फिल्म्स ई प्रा.लि.का संचालक सदस्य राजाराम गौतमले जानकारी दिए । गीतको लय तथा शब्द संकलन प्रभावन जेले गरेका छन् भने सम्पादन कृष्ण गौतमले गरेका छन् ।
भिडियो हेर्नुहोस् ।