नेपाली हाँस्यटेली चलचित्र “भाे त अब” १०० औं भागमा


नुवाकोट । कलाकार करण तामाङ ग्लान सायर ” मिस्टर बिर्खु”काे निर्देशनमा रहेको नेपाली हाँस्यटेली चलचित्र “भाे त अब” काे १०० औं भाग बुधबार साँझ सार्वजनिक गरिएको छ । पछिल्लो समयमा लाेकप्रिय बन्न सफल हाँस्यटेली चलचित्रले, २०७४ जेठमा भाग एकबाट सुरु गरी यही बुधबार १०० औं भाग पूरा गरेको हो ।

चलचित्रमा सुरवीर पण्डित दाह्री बा, गाेप्ते काजी रामचन्द्र अधिकारी, करण तामाङ ग्लान मिस्टर बिर्खु, गुरुङ दाइ मेख बहादुर गुरुङ, झिम्के डन ज्याक गुरुङ, कल्पना राना मगर, तिर्सना मगर लगायतका लाेकप्रिय कलाकारहरुकाे उत्कृष्ट अभिनय रहेको छ । चलचित्र मेख बहादुर गुरुङले निर्माण र उत्तम गुरुङले सम्पादन गरेका हुन् ।

चलचित्रकाे १०० औं भागमा भाग एकदेखि ९९ सम्मकाे सम्झना स्वरूप सार्वजनिक गरिएको चलचित्र निर्देशक करण तामाङ ग्लान र निर्माता मेख बहादुर गुरुङले हाम्रो संवाददातासँग कुराकानी गर्दै जानकारी दिए ।

प्रकाशित: समय: 17:45:34  125पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार