काेराेना भाईरसबाट बच्न आभा आरको “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा


काभ्रे । डी.ए.आर. मुभिज एंड फिल्मस प्रा.लि. ले ८ बर्षीय गायिका आभा आरको आवाजमा रहेको गीत “घरमै बसौ न” बजारमा ल्याएको छ ।

गीतले काेराेना भाईरसले विश्व आक्रान्त पारेकाे अवस्थामा सरकारले जारी गरेकाे लकडाउन पालना गरी घरमै बसी सुरक्षित रहन सन्देश दिइएकाे छ । गीतको शब्द संगीत प्रभावन जेको रहेको छ भने बाल गायिका आभा आरलाई प्रभावन जेले स्वरमा साथ दिएका छन् ।

भिडियोमा गोविन्दराम दाहाल, इश्वरी उपाध्याय , श्रीराम दाहाल, याषा कोइराला, रमा दाहाल, आभा आर, दिपेश गौतम र दिपा गौतमले अभिनय गरेका छन् । भिडियाेकाे सम्पादन कृष्ण गौतमले गरेका छन् ।

डी. ए. आर. फिल्मसका संचालक सदस्य राजाराम गौतमका अनुसार अरु कोही साना नानीहरुले पनि यो गीतमा आफ्नो मोबाइल भिडियो बनाएर पठाए उनीहरुको भिडियोलाई कम्पनिको औपचारिक पेज र च्यानलमा राखी प्रबर्द्धन गर्ने जानकारी दिएका छन् ।
लामो समय देखि गीत संगीतमा लागिरहेको प्रभावन जे र टिमले सामाजिक संदेश मुलक कार्यहरु गर्दै आएको मध्ये यो एक प्रस्तुति रहेको प्रभावन जेले जानकारी दिएका छन् ।

भिडियो हेर्नूहोस् ।

प्रकाशित: समय: 7:29:45  262पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार