धादिङ थाक्रेकी गायिका रजनी लामा छोटो समयमै गीत संगीतमा फड्को मार्दै


धादिङ । धादिङ जिल्ला थाक्रे गाउँपालिका ५ मा जन्मिएकी गायिका रजनी लामा गीत संगीतको क्षेत्रमा छोटो समयमै फड्को मार्न सफल भएकी छिन् । १ बर्षको अन्तरालमा लगभग १ दर्जन लोक दोहोरी एल्बम र आधा दर्जन जति तामाङ सेलो एल्बम निकाली सकेकी गायिका रजनी लामा दर्शक श्रोताको मन जित्न सफल भएकी छिन् ।

लोक दोहोरी एल्बमहरुमा माया लाउन पोखरा ,मीठो बोलीले ,देउरालीको छ्याङ, खुट्टा भए जुत्ता कति कति, फूल फुलेको जाई, फूल राम्रो हुन्छ डालीको, फाटेको चोली, फूल फुलेको जसरी, कसम खाएर आदि बजारमा उपलब्ध छन् भने तामाङ सेलोमा मायाको कसम,डम्फूको तालमा,फेसबुकको माया, आँखामा गाजल, मै छोरी राम्री गाजलले बजारमा आइसकेका छन् । यसरी नै दर्शक श्रोताको सदैव माया पाउनेमा ढुक्क छिन् र यहि आशामा आउने दिनहरूमा पनि गीत संगीतमा निरन्तरता दिइरहने गायिका रजनी लामा बताउँछिन् ।

प्रकाशित: समय: 6:59:29  188पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार