टोकियो, जापान
विगत केही समयदेखि जापानमा पेटको क्यान्सरसँग लडिरहेका काभ्रे जिल्लाको चौंरी देउराली गाउँपालिका वडा नं ३ (सलम्बु) का सानु तामाङको उपचारार्थ नेपाल तामाङ समाज जापानले रू.१,०७५,८८५।- अर्थात् ९६१,५५६ येन सहयोग गरिएको बताएको छ।
नेपाल तामाङ समाज जापानको विभिन्न क्षेत्रीय समितिहरु र केन्द्रीय समिति सम्मिलित सानु तामाङको उपचारार्थ बनेको आर्थिक अभियान मार्फत उक्त रकम संकलन गरिएको केन्द्रीय महासचिव बलराम थिङ तामाङले बताउनुभयो।
आर्थिक सहयोग राशी निम्न अनुसार रहेको छ :-
१. नेपाल तामाङ समाज जापानको केन्द्रीय समितिबाट -४१३२१८येन
२. नेपाल तामाङ समाज जापान- च्युबु (नागोया)क्षेत्रीय समितिबाट -२९२२२६ येन
३.नेपाल तामाङ समाज जापान- किताकान्तो (तोचिगी) क्षेत्रीय समितिबाट -११११०१ येन
४.नेपाल तामाङ समाज जापान- क्युस्यु(फुकुओका)क्षेत्रीय समितिबाट -१०५०००येन
५.नेपाल तामाङ समाज जापान- ओकिनावा क्षेत्रीय समितिबाट -४००००येन संकलन गरिएको केन्द्रीय कोषाध्यक्ष गिर बहादुर तामाङ ले जानकारी दिनुभएको छ।
समाजको प्रतिनिधिहरू बिरामी सानु तामाङ को निवासमा पुगेर अवस्था बुझेपछि समाजको अगुवाइमा आर्थिक संकलन अभियान संचालन गर्न केन्द्रले सबै क्षेत्रतिर आव्हान गरिएको थियो। कोरोना भाइरसको प्रभावका कारण समाजले बिरामी सानु तामाङको खातामा उक्त रकम जम्मा गरिएको छ। आर्थिक आभाव र क्यान्सर बाट पीडित भई चिन्तित रहेका सानु तामाङले आर्थिक सहयोग जुटे संगै खुसी र आफू बाँच्ने मा थप हौसला मिलेको बताउनु भएको छ।
यस संगै काभ्रेली समाज जापानले पनि १५०००० येन आर्थिक सहयोग गरिएको समाजका महासचिव ईन्द्र तामाङले जानकारी दिनुभएको छ।