
नुवाकोट साहित्य प्रतिष्ठान नेपालका प्रवक्ता युवा साहित्यकार करण तामाङ ग्लान सायरले “कालाे रात ” कविता सार्वजनिक गरेको छ । कालाे रात कविता एक त्रास भित्र जमाएकाे देखिन्छ । एक यात्रामा यात्री बनेर घना जंगलकाे बीचमा आफूलाई राखेकाे कवितामा पाइन्छ ।
साहित्यकार तामाङ नुवाकोटकाे बेलकाेटगढी ४ झिल्टुङ सालखर्कमा सन् १९९८ अप्रिल २५ मा जन्मेर सन् २०१६ अक्टोबर सेभेनमा आफ्नाे पहिलो कृति “उदास जिन्दगी” मुक्तक संग्रह सार्वजनिक गरेर साहित्य क्षेत्रमा आफ्नाे पाइला अघि सारेकाे पाइन्छ । अहिले साहित्यकार तामाङ मुक्तक फिजारल्ड शैलीमा, हाइकु, ताङ्का, डाेडाेइट्सु, नाटक, कविता, गजल लगायतका विधामा कलम चलाइराख्नु भएको पाइन्छ । यसै क्रममा आज याे “कालाे रात” कविता सार्वजनिक गरिएको छ । कविता यस्तो रहेको छ ।
“कालाे रात”
घना जंगलकाे बीचमा
आईपुगेपछि म,
उनी बसेकाे गाउँलाई
हेर्दै सपना बुन्ने तरखरमा
त्याे पारि क्षितिजमा
घाम डुब्न नपाउँदै
एक सर्काे हेरी नभ्याउँदै
गड्याङगुडुङ
गड्याङगुडुङ
गड्याङगुडुङ
कालाे बादल
हुत्तिएकाे हुरी
चम्किएकाे बिजुली
रिसाएको मेघराज
मन थर थर ।
आत्तिदाे हृदय
विचलित मस्तिष्क
एक्कासी परिणत
भैदियाे त्याे सन्ध्या
कालाे रातमा ।
त्यही बेला नजिकै
सिंह र बाघकाे गर्जन
एक्लो शरीर ,
बस यति मात्रै ।
✍️ करण तामाङ ग्लान, सायर
नुवाकोट