भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष वर्माद्वारा राजिनामा


भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका उपाध्यक्ष माहिम वर्माले राजिनामा दिएका छन ।

दोहोरो जिम्मेवारीमा बस्न नपाउने नियम अनुसार उनले बीसीसीआईको उपाध्यक्ष पदबाट राजिनामा दिएका हुन । वर्मा उत्तराखण्ड क्रिकेट संघको सचिव बनेका छन । उनले गत महिना नै बीसीसीआईको पदबाट राजिनामा दिएपनि औपचारिकता भने अहिले भएको हो ।

बर्मा गत अक्टोबरमा बीसीसीआईको उपाध्यक्षमा चयन भएका थिए । सोहि बेला सौरभ गांगुली अध्यक्ष बनेका थिए । उनले उत्तराखण्डमा क्रिकेटको विकाशमा बढि ध्यान दिनुपर्ने बताउँदै बीसीसीआई पद त्यागेको बताए ।

प्रकाशित: समय: 17:15:06  131पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार