कोरोना भाइरसका कारण विश्वभर सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो


विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाख नाघेको छ ।

हालसम्म १० लाख १५ भन्दाबढीमा कोरोना पुष्टि भएकोमा दुई लाख १२ हजारभन्दाबढी उपचारपछि घर फर्किएका छन् । ७ लाख ४९ हजार ८ सय ५७ जनाको उपचार भइरहेको छ । जसमध्ये ३७ हजार ६ सय ९८ जनाको अवस्था गम्भीर छ ।भाइरसको सङ्क्रमणबाट विश्वभर अहिलेसम्म ५३ हजार १ सयभन्दाबढीको मृत्यु भएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारीले अहिले सबैभन्दा बढी अमेरिकालाई प्रभावित बनाएको छ । अमेरिकामा २ लाख ४४ हजार ८ सयभन्दाबढी संक्रमित छन् ।अहिलेसम्म अमेरिकामा ६ हजारभन्दाबढीको मृत्यु भएको छ।

त्यस्तै सबैभन्दा बढी मृत्यु इटालीमा १३ हजार ९ सय १५ जनाले ज्यान गुमाएका छन् । १ लाख १५ हजार २ सय ४२ जना संक्रमित छन् ।

चीनमा भने ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय १८ जना छ । चीनमा पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ भने ३५ जना नयाँ बिरामी थपिएका छन् ।

यसैबीच कोरोनाको सङ्क्रमण विश्वका दुई सय चार देशमा फैलिएको छ ।

प्रकाशित: समय: 7:06:51  51पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार