उद्योगधन्दा सुचारु गर्न लकडाउन खुकुलो बनाउने सरकारको तयारी


कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चिकित्सा सामग्री र आवश्यक उपकरण खरिद गर्न नेपाली सेनालाई जिम्मा दिने तयारी गरेको छ ।

ओम्नी समूहले ल्याएको सामग्री गुणस्तरहीन भएको भन्दै सम्झौता रद्द गरेपछि सामाग्री खरिदका लागि सेनालाई दिने तयारी गरिएको हो । सरकारका प्रवक्ता समेत रहेको अर्थ मन्त्री युवराज खतिवडाले खरिद प्रक्रियाबारे छलफल तथा अनुसन्धान हुने बताए । उनले जीटुजी मार्फत स्वास्थ्य सामाग्र किन्ने बारेमा पनि छलफल भईरहेको बताए ।

यसैगरी, सरकारले लकडाउन खुकुलो बनाउने भएको छ । समितिको विहिबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई संञ्चालन गर्न दिने निर्णय गरेको छ । यस्तै उद्योग भित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरि सञ्चालन गर्न दिने निर्णय गरे सँगै सरकारले लकडाउन खुकुलो बनाएका हो ।

त्यसैगरी, हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह्य कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित: समय: 22:18:02  67पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार