गोर्खाली रेडियोको कार्यालय सिमलचौरबाट न्यूरोड सर्यो,नियमित प्रसारण पुन: शुरु !


कास्की  । गोर्खा संचार सहकारी संस्थाद्धारा संचालित गोर्खाली रेडियो १०६ मेगाहर्जको कार्यालय पोखरा सिमलचौरबार न्यूरोड बुधबार सरेको छ ।

गोर्खाली रेडियोकी स्टेसन म्यानेजर खिमा गुरुङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं गोर्खाली रेडियो पोखरा महानगरपालिका वडा नं.८ सिमलचौरबाट वडा नं.९ न्यूरोडबाट नियमित प्रसारण भएको जनाएकी छिन् ।

पूर्णिमा हलभन्दा एक घर तल रहेको गोर्खा एण्ड बराह ज्वेलर्सको भवनबाट रेडियो प्रसारण भएको हो ।

नयाँ भवनबाट प्रसारण आरम्भ भएको दिन गोर्खाली रेडियोका अध्यक्ष मेजर लक्ष्मिप्रसाद गुरुङ,कोषाध्यक्ष सुवेदार मेजर देउबहादुर गुरुङ,कर्मचारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

विगत ११ वर्षदेखि पोखराबाट नियमित प्रसारण हुँदै आएको गोर्खाली रेडियोको नियमित प्रसारण भवन सार्नको कारणले तीन हप्तासम्म अवरुद्ध भएको हो ।

सो गोर्खाली रेडियोमा गोर्खाली समुदायको आफ्नै सामुहिक लगानिमा स्थापित गोर्खाली रेडियो १०६ मेगाहर्ज,रेडियो गोर्खाली अन लाइनमार्फत पोखरा,गण्डकी प्रदेश,स्वदेश तथा विदेशमा समेत आफ्नो छुट्टै पहिचान दिन गोर्खाली रेडियो सफल भएको छ ।
तस्बिर : खिमा गुरुङ ।

 

प्रकाशित: समय: 12:27:05  197पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार