भोजपुरका उपसचिव हेमराज तामाङ,नेपाल सरकारको सहसचिवमा उतिर्ण!


काठमाडौं । भोजपुर -२ भोजपुरमा पिता लाखबहादुर तामाङ र माता तिर्थकुमारी तामाङको कोखमा हेमराज तामाङको जन्म भएको हो ।

नेपाल सरकारको निजामती सेवामा वि.सं.२०६७ चैत्रमा खरिदार,२०६९ असोजमा शाखा अधिकृत हुँदै २०७४ मा नेपाल सरकारको उपसचिव हुनु भएका तामाङ नेपाल सरकारको निजामतीको खुल्लातर्फ सहसचिव पदमा शुक्रबार उतिर्ण हुन सफल हुनु भएको छ ।

औपचारिक शिक्षामा एम.एड.नेपाली,एम.पि.ए. र एल.एम.बी.सम्म अध्ययन गर्दै आउनु भएका हेमराज तामाङले नेपालको निजामती क्षेत्र र अन्य क्षेत्रलाई मध्यनजर गरेर शाखा अधिकृत द्धितिय,तृतिय पत्र,नायव सुब्बा द्धितिय,खरिदार तृतिय,नेपाल बैंक लिमिटेड तह-३ सहलेखन,कर्मचारी संचय कोष तह-५ सहलेखन,नेपाल खाद्य संस्थान तह -४ सहलेखन जस्ता एक दर्जनको हाराहारीमा कृतिहरु प्रकाशन गरि सकेका छन् ।

हाल: नेपाल सरकार,उपराष्ट्रपति कार्यालय,बहादुरभवनमा उपसचिव पदमा कार्यरत तामाङ,खुल्ला तर्फ सहसचिव पदमा नाम निकाल्न सफल हुनु भएको हो ।

प्रकाशित: समय: 10:22:38  12034पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार