ल्होछारको मौलिकतापनलाई नेतृत्वले उलंघन गरेकोप्रति किम्ताङका युवा गणेश तामाङको गुनासो


नुवाकोट,माघ २४ गते शुक्रबार ।

हामी तामाङहरुले नयाँ बर्षको रूपमा मनाउँदै आइरहेको ल्होछार पर्वको बारेमा बुझ्न र जान्नको लागि, अझ सशक्तरूपले संसारभरी छरिएर रहेकोे आम तामाङ दाजुभाइ दिदिबहिनीहरुलाई आफ्नो भाषा, संस्कार , संस्कृति, पहिचान र पहिरनको लागि सम्झाउन बुझाउनको लागि कसको भूमिका बढी रहन्छ भन्ने कुरा नै अहिलेसम्म प्रष्ट नभएको केन्द्र देखि जिल्ला र प्रवासी भूमिमा खोलेको संघ- संस्थाहरुले आयोजना गरेको हजारौं कार्यक्रमहरुमा देखियो ।

ल्होछार जस्तो संस्कार संस्कृति मौलिकतापन झल्काउने कार्यक्रमहरुमा राजनीतिक दलका नेता,कार्यकर्ता र बैचारिक संघ- संस्थाहरुको कुनै पार्टी ब्यक्ती बिशेषलाई प्रमुख अतिथि बनाएर त्यहीँ देश र समाज बनाउने खोक्रो भाषणहरु सुनाएर खाली,ताली बजाउने र आफ्नो मौलिकतापनको कुरालाई सिधै नेतृत्वले उलंघन गरेको पाईन्छ ।

ल्होछार जस्तो विशुद्ध सांस्कृतिक कार्यक्रमहरुमा हामीले लामा, बोन्बो,तम्बा,गान्बा,संस्कृतविद,भाषाविदहरुलाई प्रमुख अतिथि,विशिष्ट अतिथि या पाहुना बनाएर बरु उहाँहरुको प्रवचन उहाँहरुको इतिहाँसकार मौलिकता ज्ञानगुणको भाषणहरु सुन्न पायो भने बरु पक्कै पनि हाम्रो ल्होछार चाडको संरक्षण र प्रबर्द्धन हुन सकिन्छ जस्तो मलाई लाग्छ । यो कुरा तपाईं हामी सबैले सोच्न जरुरी छ र तपाईं हामीबाटै लागू गर्न पनि जरुरी छ ।

 

(नोट:प्रस्तुतकर्ता नुवाकोट जिल्ला म्यागङ गाउँपालिका-४ किम्ताङका स्थानिय वासिन्दा एवं तामाङ समुदायमा एक युवा अभियन्ताको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तित्व हुनुहुन्छ-डेस्क सम्पादक,तामाङपेज डट.कम.)

प्रकाशित: समय: 12:31:15  435पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार