कोन्ज्योसोम गाउँपालिकाले एम्बुलेन्स खरिद गरि ल्यायो,केही दिनमा नै सेवाग्राही माझ सुलभ सेवा दिने


ललितपुर,माघ ६ गते सोमबार । ललितपुर जिल्लामा रहेका ६ वटा स्थानिय निकायमध्ये स्थानिय निकायको निर्वाचनपश्चात् पहिलो चोटि एम्बुलेन्स खरिद गरि ल्याउनेमा ललितपुर जिल्लामा कोन्ज्योसोम गाउँपालिकाले पहिलो नम्बरमा रेकर्ड कायम गरेको छ ।

ललितपुर जिल्लामा ललितपुर महानगरपालिका,महालक्ष्मी नगरपालिका ,गोदावरी नगरपालिका,महाँकाल,कोन्ज्योसोम र वाग्मती गाउँपालिका गरि ६ वटा स्थानिय सरकारले जनतामाझ सेवा दिदै आएका छन् । जनताको प्रत्यक्ष सरोकार स्वास्थ्य सेवामा कोन्ज्योसोम गाउँपालिकाले सोमबार भन्सार छुट गरेर कोन्ज्योसोम गाउँपालिकाको कार्यालय चौघरेमा एम्बुलेन्स खरिद गरि सार्वजनिक गरेको छ ।

कोन्ज्योसोम गाउँपालिका स्वास्थ्य संयोजक नवलकिशोर महत्तोले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं उक्त एम्बुलेन्स कोन्ज्योसोम गाउँपालिकाले रु.१० लाख १ हजार ३ सय ३४ रुपैयाँमा खरिद गरेर ल्याएको जनाएका छन् ।

एम्बुलेन्स संचालन सम्बन्धि नीति ,विमा,वैधानिकता सम्बन्धि सम्पुर्ण कार्य सम्पन्न भएपछि कोन्ज्योसोम गाउँपालिकाले सर्वसुलभ शुल्कमा सेवाग्राही माझ सेवा प्रदान गर्ने कोन्ज्योसोम गाउँपालिका स्वास्थ्य संयोजक महत्तोले जनाउनु भएको छ ।

सोमबार गाउँपालिकामा एम्बुलेन्स सार्वजनिकरणमा कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङ,उपाध्यक्ष मिङमा लामा,प्रमुख प्रशासकिय अधिकृत रोमबहादुर महत,कोन्ज्योसोम गाउँपालिका वडा नं.१,२,३,४ र ५ नम्बर वडाका वडाअध्यक्षहरु क्रमशः सन्तलाल लामा चौघरे,ध्रुबप्रसाद घिमिरे शंखु,तिलक बम्जन लामा दलचोकी,तिर्थ लामा नल्लु र सुबिन्द्र तामाङ भारदेउ लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तस्बिर: एल.कुमार तामाङ ।

प्रकाशित: समय: 20:41:58  357पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार