अखिल नेपाल निर्माण मजदुर संघ संखुवासभाको भेला सम्पन्न,अध्यक्षमा गणेश राई लगायत निर्विरोध निर्वाचित


संखुवासभा,माघ ६ गते सोमबार । 
अखिल नेपाल निर्माण मजदुर संघ संखुवासभाको प्रथम जिल्ला भेला शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं संखुवासभा जिल्ला सह-ईन्चार्ज राजेन्द्र कार्कीको प्रमुख आतिथ्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश सदस्य एवं अखिल नेपाल निर्माण मजदुर संघका वरिष्ठ सल्लाहकार टेकमान राईको विशेष आतिथ्यमा र नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रदेश सदस्यहरु भरत राई,रिपुप्रसाद राई लगायत आमन्त्रित जिल्ला तहका श्रमिक मजदुर नेताहरुको आतिथ्यमा सम्पन्न भएको छ।

मजदुर नेता राजेन्द्र रुम्बा तामाङकानुसार उक्त भेलाको कार्यक्रम प्रस्तोता ठलबहादुर विश्वकर्माले गरेका थिए। संखुवासभामा भएको सो भेलाले गणेश राईको अध्यक्षतामा कमानसिंह तामाङ उपाध्यक्ष,ठलबहादुर विश्वकर्मा सचिव,डम्बरप्रसाद नेपाल सहसचिव,शारदा कार्की कोषाध्यक्ष,सदस्यहरु:मित्रसिंह राई,बालकुमार विश्वकर्मा,तिर्थ बर्देवा,चित्रधन राई,सुरेन्द्र राई,खडगबहादुर विश्वकर्मा,हर्क तामाङ,चुडामणि पराजुली सम्मिलित अखिल नेपाल निर्माण मजदुर संघ जिल्ला कार्य समिति संखुवासभा निर्विरोध चयन गरेको जनाएका छन् ।

तस्बिर : गणेश राई ।

प्रकाशित: समय: 12:18:52  88पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार