तामाङ सोसाईटी अफ पेन्सलभेनियाको स्थापना,अध्यक्षमा कर्मछिरिङ मोक्तान लगायतका पदाधिकारीहरु निर्विरोध चयन


अमेरिका,पेन्सलभेनिया,माघ ६ गते सोमबार ।

तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका सल्लाहकार एवं राजनितिक व्यक्तित्व विनोद मोक्तानको विशेष आतिथ्यमा र तामाङ सोसाईटी अफ नर्थ अमेरिकाकी केन्द्रीय उपाध्यक्ष ज्योती लामाको सभाअध्यक्षतामा सन् २०२० जनवरी १० तारिखका दिन बृहत् भेला भव्य रुपमा सम्पन्न भएको छ ।

( तस्बिर : नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवकासाथ  नेपाली काँग्रेसका युवा नेता एवं सामाजिक अभियन्ता विनोद मोक्तान तामाङ )

सम्पन्न बृहत् भेलाले अमेरिकाको पेन्सलभेनिया निवासी कर्मछिरिङ मोक्तानको अध्यक्षतामा उपाध्यक्ष वीरध्वज तामाङ,सचिव कविलाल घिसिङ,कोषाध्यक्ष पेमा पाख्रीन,सदस्यहरु जयन्द्र लामा,प्रेमकुमार लामा,मनोज लामा,सुरेन्द्र लामा,निश्चल लामा,देवीप्रसाद मोक्तान,उषा लामा सम्मिलित ११ सदस्यीय तामाङ सोसाईटी अफ पेन्सलभेनियाको स्थापना गरि पदाधिकारी निर्विरोध चयन गरेको जनाएका छन् ।

प्रकाशित: समय: 11:26:52  117पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार