लिसंखुपाखर-१ ठुलोधादिङका वडा सदस्य दावादोर्जे ग्याबाको २८ वर्षको उमेरमा निधन,विभिन्न निकायद्वारा समवेदना व्यक्त


काठमाडौं,पौंष ९ बुधबार ।

सिन्धुपाल्चोक जिल्ला,लिसंखुपाखर-१ ठुलोधादिङ डाँसेका स्थायी वासिन्दा,वडा सदस्य,तामाङ फाउण्डेसनका केन्द्रीय सदस्य,ग्याबा तामाङ उत्थान संघ सिन्धुपाल्चोक जिल्ला कोषाध्यक्ष एवं युवा जुझारु नेता दावादोर्जे ग्याबा तामाङको उपचारको क्रममा सोमबार शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासी भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टरमा २८ वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक श्रोतकानुसार बौंद्ध धर्मनुसार मंगलबार राजधानीमा अन्तेष्टी गरिएको स्वर्गीय दावादोर्जे ग्यावा तामाङको निधनमा लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमलप्रसाद नेपाल,उपाध्यक्ष हेमगंगा मोक्तान,प्रमुख प्रशासकिय अधिकृत पुर्णप्रसाद दुलाल,ग्याबा तामाङ उत्थान संघका केन्द्रीय अध्यक्ष बाबुराम ग्याबा तामाङ,तामाङ फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष अरुण घिसिङद्वारा छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गर्दै समवेदना व्यक्त गरेका छन् ।

मंगलबार राजधानीमा गरिएको अन्तेष्टीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरु,जनप्रतिनिधिहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,नातागोताहरुले स्वर्गीय दावादोर्जे ग्याबा तामाङको पार्थिव शरिरमा खादा,माल्यार्पण गर्दै अन्तिम विधाई गरेका थिए।

विं.सं.२०४८ असोज २७ गते जन्मनु भएका स्वर्गीय तामाङ जुझारु,निर्डर,युवा नेताको निधनले तामाङ समुदायमा क्षति पुगेको छ ।

प्रकाशित: समय: 8:06:35  426पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार