सातदोबाटो प्रहरी वृत्तका डिएसपी गौंतम मिश्रलाई उत्कृष्ट कार्यगरेबापत जनप्रतिनिधिदेखि नागरिक समाजबाट भव्य सम्मानसहित बिधाई


ललितपुर,पौंष २ बुधबार ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी प्रमुख डिएसपी गौंतम मिश्रले आफ्नो कार्यअवधिमा उत्कृष्ट कार्य गरेबापत ललितपुर महानगरपालिका वार्ड नं १५  वडा कार्यालयले मंगलबार  सम्मान तथा बिधाई कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

वृत्तका डिएसपी गौंतमलाई वडा कार्यालयका प्रतिनिधिहरु,संघसंस्थाका पदाधिकारीहरु,समाजसेवी,व्यवसायी,नागरिक समाजका अगुवाहरु,स्थानिय वासिन्दाहरुले खादा,माल्यार्पण ,शान्तिका प्रतीक भगवान बुद्धको मुर्ति ,मायाको चिनो प्रदान गरेर सम्मानसहित बिधाई गरेको वडाका वडाअध्यक्ष सुदर्शन मिश्रले तामाङपेजसँगको कुराकानीमा बताएका छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरमा कार्यरत डिएसपी गौंतम मिश्र प्रहरी प्रधान कार्यालयको प्रक्रियागत नियमनुसार बारा जिल्लाको कलैया प्रहरी कार्यालयमा सरुवा हुनु भएको छ ।

तस्बिर : सुदर्शन मिश्र ।

 

 

प्रकाशित: समय: 22:46:13  461पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार