सिन्धुपाल्चोक ६ किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुग्यो,दुई जना मृतकको सनाखत हुन नसकेको प्रहरीद्वारा जानकारी


सिन्धुपाल्चोक,मंसिर ३० सोमबार । सिन्धुपाल्चोकको ६ किलोमा आईतबार बिहान ८ बजे बस सडकबाट पाँचसय मिटर मुनि दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेकानुसार दोलखाको कालिन्चोक दर्शन गरि फर्किएको यात्रुहरु सवार यात्रुबहाक बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका वडा नं.७ स्थित ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुने १५ जना मध्ये भिमेश्वर नगरपालिका -९ दोलखाकी लक्ष्मी श्रेष्ठ(४२),उमाकुण्ड गाउँपालिका-४ रामेछापका महेश तामाङ(२४),बेथानचोक-५ काभ्रेका रामशरण खत्री(३५) मैयाँ खत्री, सिन्धुपाल्चोक लिसंखुपाखर-४ कि गंगामाया लामा(५३),जुगल-७ याङलकोटकी सबिना तामाङ(७)रेश्मा तामाङ(३०)रोशनी तामाङ १५ महिनाकी नाबालिकाको समेत मृत्यु भएको जनाएका छन् ।

सिन्धुपाल्चोक डिएसपी काफ्लेले दुर्घटनाबारे जानकारी गराउनु हुँदै सिन्धुपाल्चोक जुगल गाउँपालिकाकी २८ वर्षिया मन्जु तामाङ,सुकबहादुर तामाङ,बलेफी गाउँपालिका-५ चिम्लिङका ३७ वर्षिया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षिया रन्जित बस्नेतको सनाखत भएको बाँकी दुई जना मृतकहरुको सनाखत हुन नसकेको जनाएको छ । आईतबार सिन्धुपाल्चोक ६ किलोमा दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर फर्किदा भएको वा.४ ख ४४६८ नम्बरको बस दुर्घटनामा परेर घाईते भएका १७ जना घाईतेहरुको काठमाडौं,काभ्रेको धुलिखेल र सिन्धुपाल्चोक सदावहार अस्पतालमा उपचार भइ रहेको तामाङपेजसँगको कुराकानीमा प्रहरीले जनाएका छन् ।

तस्बिर : दावाजाङबु शेर्पा ।

प्रकाशित: समय: 9:15:28  418पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार