सिन्धुपाल्चोक ६ किलोमा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु,१८ जना घाईते भएको प्रहरीद्वारा जानकारी - Tamang Page

सिन्धुपाल्चोक ६ किलोमा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु,१८ जना घाईते भएको प्रहरीद्वारा जानकारी


सिन्धुपाल्चोक,मंसिर २९ आईतबार ।
 दोलखा जिल्लाको कालिञ्चोकबाट भक्तपुरतर्फ जाँदै गरेको यात्रुबहाक बस वा.४ ख ४४६८ नम्बर बस  सिन्धुपाल्चोकको ६ किलोमा आईतबार बिहान ८ बजे दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको र १८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका  प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेकानुसार दोलखाको कालिन्चोक दर्शन गरि फर्किएको यात्रुहरु सवार यात्रुबहाक बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका वडा नं.७ स्थित ६ किलोमा दुर्घटना हुँदा ९ जना महिला र ३ जना पुरुषको घटनास्थलमा नै मृत्यु भएको जनाएका छन् ।
प्रहरी नायव उपरिक्षक काफ्लेले दुर्घटनामा गम्भीर घाईते भएका चार जनालाई राजधानी उपचारको लागि पठाएको र अन्य घाईतेहरुलाई नजिकैको सदाबहार अस्पतालमा उपचार गराई रहेको जनाउनु भएको छ ।
उक्त यात्रुबहाक बस सडकबाट पाँच सय मिटर तल खसेको प्रारम्भिक अनुमान जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको टोलिले गरेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले तामाङपेजसँगको कुराकानीमा  जनाएका छन् ।
तस्बिर : मिङमार स्याङ्गबो ह्योल्मो ।
प्रकाशित: समय: 18:36:04  399पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार