दाउन्नेमा २६ औं विश्वशान्ति महायज्ञ पुजा सम्पन्न ,लामागुरुहरुको भव्य सहभागिता


नवलपरासी,मंसिर २९ आईतबार ।

नेपाल अहिंसावादी बौंद्ध धर्म विश्व शान्ति चक्र संघ केन्द्रीय कार्यालयको आयोजनामा बुद्ध वचन काङग्युर,तेनग्युर ३३३ ठेली ग्रन्थको वाचन तथा २६ औं विश्व शान्ति महायज्ञ पुजा बिहिबार दाउन्नेस्थित साङक देक्षेनलिङ गुम्बामा समापन भएको छ ।

संघका बौद्धधर्म गुरु एवं खेन्पो पेमा साम्बाकानुसार उक्त कार्यक्रममा देशैभरका लामागुरुहरुको व्यापक सहभागितामा मंसिर १० देखि मंसिर २६ हतेसम्म १५ दिने विश्व शान्ति महायज्ञमा पुजापाठ,काङग्युर,तेनग्युर पाठ,धार्मिक प्रवचन,कपिलवस्तु,निग्लिहवा,कुदन,गोटीहवा,लुम्बिनीको दर्शन जस्ता सभा,समारोह गरेर भव्य रुपमा मनाएको जनाएका छन् ।

उक्त २६ औं विश्वशान्ति महायज्ञ पुजामा विशिष्ट बौंद्ध धर्मगुरुहरु,नेपाल अहिंसावादी बौंद्ध धर्म विश्व शान्ति चक्र संघका बौंद्धधर्मगुरु प्रेमदोर्जे बल लामा,आनि हिसे छ्योग्याल्मो,लामा,आनि ,नेपाल अहिंसावादी बौंद्ध धर्म विश्व शान्ति चक्र संघका प्रतिनिधिहरु,मणिपा संघका पदाधिकारीहरु,बौंद्धधर्मलम्बिहरुको भब्य सहभागिता रहेको संघका बौंद्धधर्म गुरु एवं खेन्पो पेमा साम्बाले तामाङपेजसँगको कुराकानीमा बताउनु भएको छ ।

तस्बिर :खेन्पो पेमा साम्बा ।

प्रकाशित: समय: 10:20:24  568पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार