प्राणीसँग खुशी साट्दै बौंद्धका वडाअध्यक्ष दीपेन्द्र लामा


 काठमाडौं,मंसिर २३ सोमबार ।

नेपालका अभियन्ताहरुमध्ये एक पशुपन्छी अधिकारकर्मी एवं सरसफाई अभियन्ता उत्तम पुडासैनीले सोमबार आफ्नो सामाजिक संजाल फेशबुकमा यसरी स्टाटस लेखें “प्राणीसंग खुशी साट्दै जनप्रतिनिधि” भन्ने मुख्य विषय राखेर यसरी कोरेका छन् अधिकारकर्मी पुडासैनीले सबैं तहको निर्वाचनको मिति नजिकिंदैगर्दा जन निर्वाचित प्रतिनीधिहरुको मूल्यांकन यत्रतत्र हुन थालेका छन् । को असल र को खराब ? को राम्रो को नराम्रो ? कस्ले कस्तो काम गर्यो ?

जस्ता अनेकौं तवरले मूल्यांकन भैरहेको छ,जनप्रतिनिधिहरु जब जन भावनामा खरो रुपमा उत्रन सक्दैनन् । तब आलोचनाका स्वरहरु बिस्तारै बढ्न थाल्छन । ठिक र बेठिकको मापदण्ड उनीहरुको कर्मले निर्धारण गरिनै रहेको हुन्छ ।

यसैमाझ आज २०७६ मंसिर २३ गते काठमाडौं महानगरपालिका वडा नं. ६ बौंद्धका वडा अध्यक्ष दीपेन्द्र लामा,आफ्नो २२ औं बिवाहोत्सवका अवसरमा परिवारसहित गाईबाछा संरक्षण स्थलमा २५० किलोग्राम पिठो तथा केही हरियो सागसहित उपस्थित हुनुभएको छ । एउटा असल जनप्रतिनिधिका रुपमा यत्रतत्र चर्चा चलिरहँदा अबोध प्राणीप्रति उहाँले दर्शाउनु भएको सद्भाव बर्णनयोग्य छ । साथै,उहाँकी धर्मपत्नी रिना लामाले ती अबोध प्राणीलाई हरियो साग खुवाउँदै सुम्सुमाउँदै गर्दा बाछाको आँखामा टल्पलाएको आँसुले एउटा मान्छेको माया र स्पर्श ती अबोध प्राणीका लागि कति महत्वपूर्ण हुन्छ भन्ने कुरा दर्शाएको थियो ।

अबोध बाछाबाछीप्रति उहाँले दर्शाउनु भएको सद्भावमात्रले होईन उहाँको सकारात्मक सोच र कार्यशैली समेतले एक अब्बल र उदाहरणीय जनप्रतिनिधिका रुपमा उहाँ चर्चित हुनुहुन्छ ।

संयोग मान्नुपर्छ अबोध गाईबाछासंग आफ्नो बिवाहोत्सव मनाउने र यहाँ संरक्षित प्राणीसंग आफ्नो खुशी साट्ने उहाँ पहिलो जनप्रतिनिधि हुनुहुन्छ भनेर आफ्नो सामाजिक संजालमा पशुपन्छी अधिकारकर्मी एवं सरसफाई अभियन्ता उत्तम पुडासैनीले लेखेका छन् । स्थानिय निकायको निर्वाचनमा काठमाडौं जिल्ला,काठमाडौं महानगरपालिका वडा नं.६ बौंद्धका वडाअध्यक्ष दीपेन्द्र गोले लामा ,वडा क्षेत्रमा आफ्नै नेतृत्वमा प्रत्येक शनिबार सरसफाई कार्यक्रम,विकास निर्माणका कार्यहरु गरेर लोकप्रियता कमाउँदै आउनु भएको छ ।

तस्बिर : उत्तम पुडासैनी ।

प्रकाशित: समय: 15:00:18  172पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार