सफलता चुम्न खोज्छु बिचैमा रोकि दिन्छ: राजेन्द्र घिसिङ तामाङ सैंलुङ-२ भुसाफेदा,दोलखा


अगाडि बढन खोज्छु, आफ्नैले तानी दिन्छ
सफलता चुम्न खोज्छु बिचैमा रोकि दिन्छ।।

सबैलाई आफू जस्तै हो भनि बराबर गर्न खोजे
भए नभएको आरोपको भारी थुपारी दिन्छ।।

समाज परिवर्तन गर्न शिक्षाको बाटो रोजे
घमण्ड नै घमण्डको सहारा लिइ छेकि दिन्छ।।

पू्र्खाले अर्चेको भूमिलाई ज्यान बाजी राखी बचाउँन हिडे
आवाज उठाउनेलाई समेत लठ्ठी बर्साइ दिन्छ।।

प्रकाशित: समय: 10:52:36  653पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार