अमिर दोङ तामाङको निर्देशनमा पहिलो नेपाली चलचित्र”सुर्य किरण”मंसिर २७ गतेदेखि प्रदर्शन हुने


काठमाडौं,मंसिर १७ मंगलबार ।

तामाङ सुपर स्टार डम्फू मिडियाको ब्यानरमा नायक,निर्देशक अमिर दोङ तामाङको निर्देशनमा पहिलोपल्ट नेपाली चलचित्र “सुर्य किरण” प्रदर्शन मंसिर २७ गतेदेखि हुने भएको छ ।

नायक एवं निर्देशक दोङले तामाङ भाषाको तामाङ समुदायका चलचित्रमा भने दर्जनौ चलचित्रमा अभियनय तथा निर्देशन गरि सकेका छन् । निर्माता अमृत चेपाङको निर्माणमा निर्देशक अमिर दोङ तामाङ,संगित विशाल काल्तान,जोगलाल लामा,छायांकन अभिषेक माझी,बिक्रम मोक्तान तामाङ,नृत्य दीपक तामाङ,अजय स्याङतान तामाङ,द्धन्द राजु दोङ तामाङ,लेखन कथा तथा पटकथा ऋतुराज पाख्रीन तामाङ,गितकार चाहना ब्लोन तामाङ,सम्पादन अर्जुन थापा,वितरक श्रीराम बालाजी फिल्मसको रहेको छ भने यस सुर्य किरण नेपाली चलचित्रमा कलाकारहरु मेलिना चेपाङ,रन्जित तामाङ,कुईसाङ रुम्बा तामाङ,मन्जु श्रेष्ठ लगायतका कलाकार र अतिथि कलाकारहरुमा अभिनेत्री केकी अधिकारी,नायक अमिर दोङ तामाङको भुमिका रहेको जनाएको छ ।

प्रकाशित: समय: 11:52:10  581पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार