अनेसास जापान च्याप्टरको ११औँ अधिवेशन सम्पन्न अध्यक्षमा गिरिजा गैरे चयन


 

टोकियो,जापान 

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको ११औँ अधिवेशन ३ सदस्य पछि मनोनित गर्ने गरी गिरिजा गैरेको अध्यक्षतामा १८ सदस्यीय कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ । 

अनेसासको अधिवेशनले  अध्यक्षमा गिरिजा गैरे, उपाध्यक्षमा अरुण पौडेल र हेमन्त गिरि र महिला उपाध्यक्षमा सुमित गिरीलाई चयन गरेको छ भने महासचिबमा रबिन शर्मा,सचिवमा ध्रुव बन्जाडे,सह-सचिवमा सविना रेग्मी र कोषाध्यक्षमा आनन्द अधिकारीलाई  चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मिनराज बास्तोला,दिपा घिमिरे,प्रकृती फुयाल,शरद पोख्रेल,के.वी. पारखी,मञ्जु गिरी वन,प्रेइज भण्डारी,सुमन प्रतिबिम्ब,रमेश लामीछाने र अनिल कुमार ‘निर्दोष’ रहेका छन् । 

कार्यक्रममा साकुरा फुल्दा नियमित प्रकाशनको विमाेचन र ११ औँ अधिवेशन संगै आफ्नो नियमित रुपमा श्रृङखलाबद्ध गर्दै आएको कवि गोष्ठी तथा ५३ औँ साहित्य श्रृङखला पनि सम्पन्न गरेको छ ।

कार्यक्रममा अनेसास जापानका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत, अनेसास जापानका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’, अनेसास जापानका अध्यक्ष विष्णु प्रसाद घिमिरे, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, समाजसेवी पदमसिंह ठगुन्ना, राजेन्द्र जमरकट्टेल, डा. विजय ज्ञवाली लगाएतले शुभकामना तथा वधाई दिएका थिए ।

कार्यक्रममा निर्वाचन समितीका संयोजक तथा अनेसास जापानका संरक्षक एवं पूर्व अध्यक्ष बेलुकाजी थापाले नयाँ कार्यसमितीको घोषणा गर्दै साहित्यमा कलम चलाउनेले आफ्नै मनको कुरा लेख्न सक्ने हुँदा आत्महत्या नगर्ने पनि जिकिर गरे ।

निर्वाचित कार्यसमितीलाई शुभकामना तथा वधाई दिंदै अधिकांश वक्तहरुले नेपाली भाषा साहित्यमा अनेसास जापानको क्रियाशिलताप्रति प्रशंसा गर्दै नेपाली भाषा साहित्यलाई माया गर्नुपर्ने बताए । 

कार्यक्रममा सर्जकहरु मिनराज बास्तोला, सेवक पिसि, सुमित गिरी,ध्रुव बन्जाडे, हेमन्त गिरी, दिपा घिमिरे, ज्वाला संग्रौला, श्रवण सत्याल, अनिलकुमार निर्दाेष, नेत्र पाण्डे, रमेश लामिछाने, रामहरि खपाङगी मगर, सरिता ढकाल, गिरिजा गैरे, के. वी पाराखी, दिपक नेपाल लगाएतले समय सान्दार्भिक रचना वाचन गरेका थिए । 

महासचिव अरुण पाैडेलले ५३ औँ श्रृङखला सम्म आईपुग्दाका कार्यविवरण प्रस्तूत गरेको कार्यक्रम निवर्तमान अध्यक्ष दीप पाठकको सभापतित्व, उपाअध्यक्ष श्रवण सत्यालको स्वागत मन्तव्य र सचिव रविन शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 11:45:34  83पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार