ललितपुर जिल्ला स्तरिय शिक्षक नायक गोष्ठी सम्पन्न,४४ विद्यालयका शिक्षक नायक तथा शिक्षक,शिक्षिकाको सहभागिता


ललितपुर,मंसिर १५ आईतबार ।

नेपाल रेडक्रस सोसाईटी ललितपुर जिल्ला शाखाको आयोजनामा “दुई दिने जिल्ला स्तरिय शिक्षक नायक गोष्ठी”शनिबार सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाईटी ललितपुर शाखाका सभापति बाबुराजा महर्जनले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं उक्त गोष्ठीमा ललितपुर जिल्लाभरका ४४ वटा विद्यालयहरुबाट शिक्षक नायक तथा शिक्षक,शिक्षिकाहरुको सहभागिता रहेको,नेपाल रेडक्रस सोसाईटी ललितपुर शाखा उपसभापति एवं जुयुरेस विकास समिति संयोजक दीपक गौतम,कोषाध्यक्ष हरिगोविन्द महर्जन,उपमन्त्री जगन्नाथ श्रेष्ठ,कार्यसमिति सदस्य लक्ष्मण के.सी.लगायतका महानुभावहरुको सहभागिता रहेको जनाएका छन् ।

शुक्रबार र शनिबार गरि दुई दिनसम्म संचालन भएको गोष्ठीमा नेपाल रेडक्रस सोसाईटीका केन्द्रकी सुमिरा न्यौपाने र नेपाल रेडक्रस सोसाईटी ललितपुर शाखाका विष्णुबहादुर रोक्काले सहजीकरण गर्नु भएको थियो।

ललितपुर नेरेसो सभापति महर्जनकानुसार उक्त गोष्ठीबाट गोदावरी नगरपालिका बज्रबाराहीमा रहेको श्री बज्रबाराही माविबाट शिक्षक नवराज संजेल र कोन्ज्योसोम गाउँपालिका वडा नं.५ भारदेउमा रहेको श्री बालेश्वरी माविकी शिक्षिका ॠखिमाया राईलाई ज्युरेस विकास समितिमा छनोट गरेको जनाउनु भएको छ ।

तस्बिर : बाबुराजा महर्जन ।

 

प्रकाशित: समय: 21:55:34  108पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार