वाग्मती सरसफाई महाअभियानको ३४२ औं शृङ्खला पशुपतिस्थित राममन्दिर आर्यघाटमा सम्पन्न


काठमाडौं,मंसिर १५ आईतबार । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंमसेवा भन्ने मुलानाराकासाथ प्रत्येक साताको शनिबार दुई घण्टा संचालन हुँदै आएको वाग्मती सरसफाई महाअभियानको ३४२ औं शृङ्खला पशुपतिस्थित राममन्दिर आर्यघाटमा शनिबार सम्पन्न भएको छ ।

वाग्मती सरसफाई महाअभियानका अभियन्ता किशोरसिंह शाहीले तामाङपेजसँग कुराकानी गर्नुहुँदै उक्त महाअभियानमा अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता समितिका पदाधिकारीहरु,काठमाडौं महानगरपालिका,नेपाली सेना चन्डिदल गण सिंहदरबारका गणपति महेन्द्र पुनमगर,रेयुकाई नेपाल पुल्चोक,प्यारागन स्कुल,जीवन विज्ञान,नेपाल सरकारका नवनियुक्त प्रशासनिक अधिकृतहरु स्टाफ कलेज जावलाखेल,युरेसिया रेयुकाई सानेपा,प्राकृतिक प्रयोग तथा भुकम्प प्रभावित समाज,तिलगंगा महिला समूह,नेपाल प्रहरी त्रिपुरेश्वर,आलोक नगर महिला समूह,बालसारथी,बागेश्वरी,गायत्री परिवार,मुक्तिनाथ विकास बैंक,पहुँच नेपाल,के.यु.के.एल.,सशस्त्र प्रहरी बल नेपाल,पशुपती क्षेत्र विकास कोष,वाग्मती सरसफाई अभियन्ताहरु,विभिन्न सरसफाई अभियन्ताहरुको सहभागितामा ३ टन फोहोर संकलन गरि व्यवस्थापन गरिएको जनाएका छन् ।

तस्बिर : किशोरसिंह शाही ।

प्रकाशित: समय: 17:43:18  62पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार