गोदावरीखोला क्षेत्र सरसफाई अभियानको ३९ औं शृङ्खला सम्पन्न,अभियन्ता लगायत सरोकारवालाहरुको व्यापक सहभागिता


ललितपुर । महिला तथा बालबालिकाको पहलमा नियमित संचालन हुँदै आएको गोदावरीखोला क्षेत्र सरसफाई अभियानको ३९ औं शृङ्खला ललितपुर जिल्ला क्षेत्र नं.१(क) प्रदेश सभा सांसद लालकुमारी पुन शुशिलाको प्रमुख आतिथ्यमा सगरमाथा आरोही कृष्ण के.सी.,गोदावरी नगरपालिका वडा नं.१४ ठैवका वडाअध्यक्ष जगन्नाथ महर्जन,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सदस्य एवं नायक राज घिमिरे,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ प्रहरी निरिक्षक श्यामकुमार कटवाल,श्री भैरव गण लेलेब्यारेक उपसेनानी दीपराज रावत,वाग्मती सरसफाई महाअभियानका अभियन्ता पुष्कल गजुरेल लगायतका महानुभावहरुको विशेष आतिथ्यमा धर्मटार पुल,ठैवमा सम्पन्न भएको छ ।

गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ता नारायणी पाण्डेले तामाङपेजसँग कुराकानी गर्नुहुँदै उक्त अभियानमा नियमित अभियन्ताहरु,श्री भैरव गण लेले ब्यारेकका गणपति एवं प्रमुख सेनानी गणेश रावलको निर्देशनमा उपसेनानी दीपराज रावतको नेतृत्वमा खटिएको नेपाली सेनाको ३० जना,नेपाल रेडक्रस सोसाईटी गोदामचौंर उपशाखा सभापती नन्द श्रेष्ठ,स्मार्ट टिभिका प्रतिनिधि बम बानियाँ,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरीहरु,कारजा हाउसका प्रतिनिधि दमन्ती प्रधानको नेतृत्वमा खटिएको टोलि,सामाजिक युवा अभियन्ता सन्तोष तामाङ,रचनटार युथ क्लबका अध्यक्ष रामचन्द्र पुरी,स्थानिय महिला दिदिबहिनी,दाजुभाई ,युवाहरु ,जनप्रतिनिधिहरुको सहभागितामा संकलन गरिएको फोहोरको व्यवस्थापन नेप्को नेपाल हरिसिद्धिले गरेको जनाएकी छिन् ।

यो अभियान गोदावरीखोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबि राजभण्डारी थापाको नेतृत्वमा प्रत्येक साताको शनिबार बिहान ७:३० देखि ९:३० बजेसम्म साताको शनिबार नियमित दुई घण्टा संचालन गर्दै आएको छ।

 

प्रकाशित: समय: 19:54:48  438पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार