खै कहाँ पुग्याे सीमानाका हल्लाहरु?- करण तामाङ घलान सायर


खै कहाँ पुग्यो
सीमानाका हल्लाहरु?
खुव उफ्रिदै थियोे,
आफ्नै घरकाे पिँढीमा बसेर
हाम्रो आँगनीको डिल
मिच्याे भनेर।

साँच्चै हाे
पीडाकाे गाेलीहरु
बर्षेपछि तिम्रो छातीमा
अनि दुख्याे,
छट्पटीएर उफ्रिएका थियौ
त्याे थाहा छ मलाई।

विडम्बना
मलाई याे थाहा थिएन
तिम्रो घरकाे
आधा आँगनी
तिम्रै पूर्खाले
छिमेकीलाई
बेचिएको रहेछ ।

करण तामाङ घलान सायर

नुवाकोट ।

प्रकाशित: समय: 20:16:37  132पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार