सुनापति गाउँपालिका कृषि शाखा प्रमुखको जिम्मेवारी रत्नमाया जिरेलले सम्हाल्ने पक्का


रामेछाप,मंसिर १० मंगलबार ।

सुनापति गाउँपालिकाले विभिन्न पदका लागि गरिएको विज्ञापननुसार २०७६ कातिक २७ गते लिइएको लिखित परिक्षा र मंसिर ९ गतेको मौखिक अन्तर्वार्ता,लिखित परिक्षाको प्राप्तङ्कको आधारमा आवस्यक ईन्जिनियर -१,सब-ईन्जिनियर -२ र कृषि प्रसार प्राविधिक सहायक -१ को सफल उम्मेदवारहरुको नामवली सूचना सोमबार प्रकाशन गरेको छ ।

सुनापति गाउँपालिका,गाउँकार्यपालिकाको कार्यालय हिलेदेवी,रामेछापका प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौलाद्वारा हस्ताक्षरित मिति २०७६ मंसिर ९ गतेको च.नं.४५८ पत्र संख्या ०७६/०७७ मा सफल उम्मेदवारहरुमा ईन्जिनियर अशोक सिंम्खडा कावासोती-२ नवलपरासी,सब -ईन्जिनियरहरु भुपेन्द्रप्रसाद यादव रुपनी-१ सप्तरी,रोशन श्रेष्ठ लिखु तामाकोशी-७ रामेछाप र कृषि प्रसार प्राविधिक सहायकमा रत्नमाया जिरेल जिरी-४ दोलखाले लिखित तथा मौखिक अन्तर्वार्तामा सफलता हासिल गरेको सूचनासहित लिखित निर्णय गरेको जनाएका छन् ।

सुनापति गाउँपालिकाका श्रोतकानुसार दोलखा जिल्ला जिरी-४ की रत्नमाया जिरेलले गाउँपालिकाको कृषि शाखाको प्रमुखको जिम्मेवारी सम्हाल्ने पक्का भएको जनाउनु भएको छ।

सुनापति गाउँपालिकाले लिईएको लिखित तथा मौखिक अन्तर्वार्तामा जिरेलले कृषि प्रसार प्राविधिक सहायकको पाँचौ तहमा उतिर्ण गरेकी हुन् ।

 

प्रकाशित: समय: 20:17:26  483पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार