म यसरी बोम्बो भएँ: विष्णुबहादुर ब्लोन तामाङ


बाल्यकालको अवस्था :

सिन्धुपाल्चोक जिल्ला,साविकको बाँडेगाउँ गाउँ विकास समिति वडा नं.७ उपल्ले गाउँ तोमसाङ हाल: ईन्द्रावती गाउँपालिका-५ बाँडेगाउँ प्युगुरमा बुबा बुद्धसिंह तामाङ(संमबहादुर) र आमा चुकुली तामाङको कोखमा विं.सं.२०३९ चैत्र १ गते आईतबारका दिन विष्णुबहादुर ब्लोन तामाङ(रेशम)को जन्म भएको थियो।

जेठो सन्तान त्यस्मापनि परापुर्व कालदेखि पुर्खौदेखी चिरपरिचित तामाङ जातिभित्रको थरहरुमध्ये ब्लोन थरको बोम्बो कुल वंशमा जन्म भएर न्वारनमा नाम अर्कै राखेपछि छरछिमेकी र आफन्तहरुले”बोम्बो जाज”भनेर नामकरण गरेका थिए।

अहिले सम्मपनि गाउँघरमा त्यही नामले बोलाउँछ ,चिन्छ पनि!

बोम्बोको कुल वंशमा जन्मे हुर्केपछि,बाल्यकालमा बोनसंस्कार विधि,विधानप्रति त्यति चासो र रुचि थिएन् । उनलाई ३ वर्षको उमेरमा नैं स्कुलमा बुबाले भर्ना गर्नु भएको थियो रे । कक्षा १ देखि १० कक्षासम्म पढदै,त्यो बेला साथिहरुसहित एकदिन दशैंको टिकाको दिनको भोलिपल्ट काठमाडौंमा घुम्न गएका थिए। त्यस्को दुईदिन पछि घरमा घरमा हजुरबुबा बुद्धिबहादुर ब्लोन तामाङको मृत्यु भएको खबर पाएँ,खबर पाउने दिन जान सकेन् ।भोलिपल्ट साथिभाई र उनी घरमा पुग्दा अन्तिम संस्कारको लागि बेला हुँदै रहेछ ।

हजुरबुबा कुलको चर्चित बोम्बो भएको कारणले बोनसंस्कारनुसार सिल बुम्बा डुब्सी ,सिल्बा गर्ने प्रचलन तामाङ समाजमा अझैपनि छ । त्यसदिन उनलाई अचानक कम्प,काम्न थालेको जस्तो महशुश भयो,एक्कासी हजुरबुबा जलाउने ठाउँमा ,डाँडामा पुगेर बेस्सरी काम्न कामेर पुगे,त्यहाँबाट काम्दै पानीको मुलधारा रहेको पधेंरोमा पुगेर ,नुहाएर त्यहाँबाट घरभित्र बलेको दन दनि आगोमा बसेर कामेछ र बल्ल मन शान्त भयो,झसँग ब्युँझिदा विष्णुबहादुर ब्लोन तामाङ(रेशम)घरमा पुगेका थिए ।

?

तामाङ जातिमा बोन संस्कार मान्ने तामाङ जातिभित्रको ब्लोन थरको घरको चोटामा माथी देउता आवातजावत गर्नको लागि प्वाँल खोपेको हुन्छ,ठीक सिधामुनी काम्ने क्रममा हजुरबुबाको ४९ दिनमा गोङजो,धोन(घेवा)अन्तिमसंस्कार घरमा चलिरहेको थियो। हरेक दिन बेलुका ५ बजे अर्थात साँझपरेपछि दुई तीन घण्टा सिल्बा गर्नेक्रम चलिरहेको थियो सम्झन्छन् – विष्णुबहादुर ब्लोन तामाङ ! तर हजुरबुबाको घेवा सकिदापनि देउता आएन ,काम्न पनि बन्द भयो । उनी निराशा भएँ,एकातिर हजुर बुबा बितेको,अर्कोतिर स्कुलमा पढाइ छुटेकोले निराशा एवं पिडाबोध भएपनि केही गर्न सक्ने स्थितिमा थिएनन् -विष्णुबहादुर ।

बाल्यकालपछिको यात्रा:

त्यसपछि औंपचारिक शिक्षाको लागि स्कुल जानुको साटो अब काठमाडौं गएर सामान्य जागिर खान्छु,पढाइ छोडेको पनि एक वर्ष हुन लाग्यो भनेर जागिरको निमित्त काठमाडौं ठूलो सपना बोकेर राजधानीको काठमाडौं पुगेका विष्णुबहादुर ब्लोन तामाङ(रेशम) ले साँच्चिक्कै ठमेलस्थित एक होटेलमा नोकरी पाएँ,हालसम्मपनि त्यही होटेलमा रोजिरोटिका लागि नोकरी गरि रहेका छन् ।

यसरी विष्णुबहादुर ब्लोन तामाङ(रेशम) बोम्बो भएँ:

एक्कासी हजुरबुबा बितेको १२ वर्षपछि अर्थात विं.सं.२०६९  चैत्र महिनामा एकदिन बेलुका सपनामा विष्णुबहादुर ब्लोन तामाङ(रेशम)लाई सपनामा आफ्नो निधन हुनु भएको हजुरबुबा स्वर्गीय बोम्बो बुद्धसिंह ब्लोन तामाङले आफुहरु सिन्धुपाल्चोक थकनबाट प्युगुर बसाई सर्दाको हालको स्थानमा गई बस्नु”सब्चे दुलबै ह्रेन्जेन न्हम्जे दुल्वै ह्रेन्जेन सेल्गी तोरमो फङबा ह्रेन्जेन म्हेमे(हजुरबुबा)ले सपनामा भन्नू भएपछि तुरुन्त घर गएर घरको बुबा,जान्ने बोम्बोहरुसँग सरसल्लाह गरि साईत हेरेर हजुरबुबाले सपनामा भने बमोजिम सिल्बा आसनमा बसेको मात्र थिएँ,देउता आईहाल्यो,जोडले ढ्याङग्रो बजायो,काम्यो र न सल्बा भयो अनि बोम्बो भएको जनाएका छन् ।

बोम्बो भएपछि संस्थागत रुपमा “नेपाल तामाङ बोम्बो संरक्षण समाज” नामक दर्ताको स्थापना:

विगत ७ वर्षदेखि बोम्बो बन्नु भएका विष्णुबहादुर ब्लोन तामाङ रेशम लगायतका बोम्बोहरु मिलेर बोम्बो महाराज बम्जन तामाङको अध्यक्षतामा विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंमा विं.सं.२०७६ सालमा नेपाल तामाङ बोम्बो संरक्षण समाजको स्थापना गरि दर्ता गरिएको छ । तामाङ जातिभित्र बोन संस्कार,प्रकृति पुजा,कुल पुजा,थरिय पुजा,देवाली कार्य,भेषभुषा,परम्पराको जगेर्ना ,तामाङ बोम्बोहरुको एकता,बोम्बोहरुमाथी नकारात्मक दृष्टीकोणले हेर्ने हेराईलाई चिरफार गर्न सकेको खण्डमा यस संस्थाको सार्थकता अझ मजबुत हुने देखिन्छ ।

प्रस्तुती:

श्याम ङेसुर तामाङ

प्रकाशित: समय: 18:45:29  622पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार