महानगरीय प्रहरी प्रभाग बाँडेगाउँद्वारा फुल्चोकीमा सार्वजनिक सूचनामुलक होडिङ बोर्ड अनावरण


ललितपुर,मंसिर ८ आईतबार ।

गोदावरी नगरपालिकाको क्षेत्रभित्र पर्ने धार्मिक,अति मनोरम ,प्राकृतिक स्थल फुल्चोकीमा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउँदा जाने स्थानको बाटो भुलेर पर्यटक ,घुम्न आउने नागरिकहरु हराई ज्यान समेत गएको अप्रिय घटनाहरु घटेको अवस्थालाई मध्य नजर गरेर महानगरीय प्रहरी प्रभाग बाँडेगाउँको पहलमा फुल्चोकीमा सार्वजनिक सूचनामुलक होडिङ बोर्ड राख्ने तथा अनावरण गर्ने कार्यक्रम प्रहरी निरीक्षक श्यामकुमार कटवालको कमाण्डमा बिहिबार खटेको टोलिले गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ सम्बन्ध प्रहरीले तामाङपेजसँगको कुराकानीमा जानकारी दिनुहुँदै विगतमा राखिएका होडिङ बोर्डहरु काम नलाग्ने,च्यातिएको होडिङबोर्डहरु हटाएर नयाँ होडिङबोर्डहरु राखिएको उक्त होडिङ बोर्ड नौंधारा सामुदायिक वन उपभोक्ता समितिको सौंजन्य र महानगरीय प्रहरी प्रभाग बाँडेगाउँको सक्रियतामा भएको जनाएका छन् ।

प्रकाशित: समय: 8:36:34  1563पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार