ललितपुर । महिला तथा बालबालिकाको पहलमा आजभन्दा १० महिना अघि शुरु भएको गोदावरीखोला क्षेत्र सरसफाई अभियानले शनिबार ३८ औं शृङ्खला पार गरेको छ।
गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ता सुबोध थापाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै उक्त अभियानमा गोदावरी नगरपालिका वडा नं.१ का वडासदस्य सिद्धराज थापा,वाग्मती सरसफाई महाअभियानका अभियन्ता पुष्कल गजुरेल,गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ताहरु,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरीहरु,स्मार्ट टिभिका प्रतिनिधिहरु,युवा समाजसेवीहरु विकास थापा,मनोज थापा,रामसुन्दर थापा,स्थानिय वासिन्दाहरुको सहभागितामा गोदावरीखोलाको धर्मटार जोडनेपुलदेखि शिव मन्दिर क्षेत्रसम्म सरसफाई अभियान गरि संकलित दुई टन फोहोरलाई नेप्को नेपाल हरिसिद्धिले व्यवस्थापन गरेको जनाएका छन् ।
गोदावरीखोला क्षेत्र सरसफाई अभियानका संयोजक बेबि राजभण्डारी थापाको नेतृत्वमा नियमित संचालन हुँदै आएको अभियानको निमित्त माक्स,पन्जा वडा सदस्य सिद्धराज थापा र अभियन्ता कुन्ता थापाले अभियानलाई सहयोग स्वरुप प्रदान गरेको सरसफाई अभियन्ता सुबोध थापाले बताउनु भएको छ।