बिशंखुनारायण मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न


ललितपुर,मंसिर ७ शनिबार ।

गोदावरी नगरपालिका वडा नं.२ बिशंखुनारायणस्थित बिशंखुनारायण मन्दिर परिसरमा सशस्त्र प्रहरी बल नेपाल नं.२१ दक्षिणकाली गणका सशस्त्र प्रहरी नायव उपरिक्षक दर्शन गिरी,गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ता नारायणी पाण्डे,बिशंखुनारायण सुधार समिति अध्यक्ष राजेन्द्र बिष्ट,बिशंखुनारायण परम्परागत पुजा व्यवस्थापन समितिका सहसचिव दिवाकर सुवेदी र स्काउट नेपालको प्रतिनिधिहरुको संयुक्त आयोजनामा बिशंखुनारायण मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

गत एकादशिका दिन लाखौं भक्तजनहरुले उपत्यकामा रहेका प्रसिद्ध ४ नारायण मन्दिर मध्ये बिशंखुनारायण मन्दिर पनि एक मन्दिर हो ,उक्त मन्दिर दर्शन गर्न आउँदा भएको मन्दिर आसपासको फोहोर पन्छाई,व्यवस्थापन गरि शनिबार सरसफाई गरिएको छ । उक्त सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २१ नं.गण दक्षिणकाली गण खुलटारका सशस्त्र प्रहरी नायव उपरिक्षक दर्शन गिरीको नेतृत्वमा प्रहरी निरिक्षक अरुण तिमल्सिना,सशस्त्र प्रहरीहरु,गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ता नारायणी पाण्डेको नेतृत्वमा नेपाल रेडक्रस सोसाईटी गोदामचौंर उपशाखा सभापति एवं अभियन्ता नन्दबहादुर श्रेष्ठ,सरसफाई अभियन्ता श्यामसुन्दर तिमल्सिना,गोदावरी नगरपालिका वडा नं.२ बिशंखुनारायणका वडासदस्य पुरुषोत्तम बिष्ट,बिशंखुनारायण सुधार समिति अध्यक्ष राजेन्द्र बिष्ट,बिशंखुनारायण परम्परागत पुजा व्यवस्थापन समितिका सहसचिव दिवाकर सुवेदी,स्काउट नेपालका प्रतिनिधिहरु,स्थानिय वासिन्दाहरुको सहभागितामा सरसफाई गरिएको थियो।

सरसफाई पश्चात् बिशंखुनारायण मन्दिरको दर्शन ,धर्म गुफा लगायतका आसपासका क्षेत्रहरु,मठमन्दिरहरुको अवलोकन समेत उपस्थित विभिन्न क्षेत्रबाट सहभागि महानुभावहरुले गरेका थिए।

प्रकाशित: समय: 16:21:51  603पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार