नेपाल तामाङ समाज जापान नागोया क्षेत्रीय समितीले जनवरी १९मा ल्होछार मनाउने


नेपाल तामाङ समाज जापान नागोया क्षेत्रीय समितीले मन्जुश्री संवत २८५६औँ जिवा ल्हो मुसा वर्ग सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम २०२० जनवरी १९ तारिखमा मनाउने भएको छ । 

समाजले आफ्नो स्थापना कालदेखि हरेक वर्ष ल्होछार कार्यक्रम मनाउँदै आएको छ । समाजको केन्द्रले टोकियोमा र क्षेत्रले आ-आफ्नो क्षेत्रमा समयानुकुल ल्होछार मनाउदै आइरहेको छ । यसपाली पनि नागोया कोकुसाई सेन्टरमा भव्य साँस्कृतिक कार्यक्रम सहित ल्होछार मनाउने र त्यसका लागि विशेष तयारी गर्न लागिएको बताएको छ । 

ल्होछारले तामाङ जातिको संस्कार संस्कृति र पराम्पराको जगेर्ना गर्न र आफ्ना मौलिकपनालाई भावी पुस्ता सम्म पुर्याउनुका साथै राज्यले तामाङ समुदाय माथी परापूर्खा कालदेखि गर्दै आएको दमन, शोषण अनि अत्याचार विरुद्धको एउटा चेतना र आवाज मार्फत् गरिने वुलन्द आन्दोलन पनि हो । कार्यक्रममा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने पनि नागोयाले जनाएको छ । 

प्रकाशित: समय: 7:10:31  108पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार