आगामी जनवरीमा अनलाइन शेर्पा उद्घोषण प्रतियोगिता हुने


काठमाण्डौ ,

 परम्परागत भाषा धर्म संस्कृति हाम्रो पहिचान, यसलाइ जोगाइ राख्ने हामि सबैको अभियान । भन्ने मूल नारा सहित शेर्पा इभेन्ट अर्गनाइजरले पहिलो पटक अनलाइन शेर्पा उद्घोषणा प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

शेर्पा जातिको भाषा, कला संस्कृतिको संरक्षण र विकासमा टेवा पुर्याउन र विज्ञान र प्रविधिको युगमा युवा पुस्तामा पनि शेर्पा परम्परागत भाषा,धर्म,संस्कार र संस्कृतिहरुको संचार गराउने तथा समय र परिस्थिती अनुसार शेर्पा संस्कृतिको विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने आशाका साथ प्रथम अनलाइन शेर्पा उद्घोषण प्रतियोगिताको आयोजना गर्न लागिएको बताइएको छ । साथै उद्घोषण प्रतियोगिताले शेर्पा युवाहरुलाई प्रोत्साहित र विकासको नयाँ अनुभव हुने कार्यक्रम आयोजकको भनाइ छ ।

आधुनिक शैलीमा शेर्पा भाषा, धर्म र संस्कृतिकाे जगेर्ना भन्ने नारालाइ अघि सार्दै शेर्पाहरुको साँस्कृतिक पहिचान र विविध संस्कृति मुल्य र मान्यताहरुलाई सदैब जीवित राख्न जसको समुचित विकास गराउने उद्देश्य लिइ नेपालमै पहिलो चोटी प्रथम शेर्पा अनलाइन उद्घोषण प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्रथम पटक आयोजना गर्न लागिएको प्रथम अनलाइन शेर्पा भाषा उद्घोषण प्रतियोगिता २०१९ प्रतिस्पर्धामा सहभागी हुनका लागि शेर्पा भाषामा कार्यक्रम सन्चालन तथा उद्घोषण गरी रेकर्ड गरिएको २ ३ मिनेटको भिडियो, शेर्पा इभेन्ट अर्गनाइजरको फेसबुक पेजमा एसएमएस गर्नुपर्नेछ । प्रस्तुत गरिएको आवाजलाई जस्ताको त्यस्तै प्रतिस्पर्धा गराउने बताइएको छ । 

शेर्पा समुदायमै पहिलो चोटि आयोजना गर्न लागेको शेर्पा भाषा उद्घोषण प्रतियोगितामा हालसम्म सिकिमबाट ५ जना र नेपालबाट ११ जना गरि १६ जनाले सहभागिता जनाइसकेको बताएको छ । प्रतियोगी छनौट गर्दा ४०% लाइक, कमेन्ट र शेयरबाट गरिनेछ भने २०% भ्यु (view) बाट, २०% शुद्व शेर्पा भाषाबाट, र २०% कार्यक्रम प्रस्तुति शैली एवं सम्बोधन गर्ने शैली तथा भेष भुषाबाट गरिने प्रतियोगिताको जम्मा परिणाम १०० रहनेछ । देश तथा बिदेशका जुनसुकै ठाउँबाट भएपनि अनलाइन मध्यमबाट सहभागी हुन पाउनेछ ।

सहभागीहरु बीच खुल्ला प्रतिस्पर्धा गराइने प्रतियोगितामा प्रथम हुनेलाई बाइस हजार दुई सय बाइस रुपियाँ पुरस्कारको ब्यवस्था गरिएको शेर्पा इभेन्टका महासचिव आङ पेम्बा शेर्पाले जानकारी दिए ।

प्रकाशित: समय: 14:23:33  85पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार