नोभम्बर २४ तारिख टोकियोमा पत्रकार अनुशिक्षण, डिसेम्बरमा गुन्माकेनका संघसंस्थासंग अन्तर्क्रिया गर्ने


१३ नोभेम्बर,

टोकियो जापान,

नेपाल पत्रकार महासंघ जापान शाखाले आगामी नोभेम्बर २४ तारिख आईतबार पत्रकारहरु लक्षित ‘पुनर्ताजगी तथा क्षमता अभिवृद्दी अनुशिक्षण’ कार्यक्रम आयोजना गर्ने भएको छ । 

जापानमा क्रियाशिल संचारकर्मीहरुको चाहना अनुरुप, विषय विज्ञहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । नेपाल टेलिभिजनका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र बिष्ट तथा अनुभव र ज्ञानले विशिष्ट पहिचान बनाउन सफल संचारकर्मी देवेन्द्र सुवेदीको प्रशिक्षण रहने कार्यक्रममा, समसामयिक पत्रकारिता, परिवर्तित् सम्भावना,चुनौती, प्रविधि तथा पत्रकारिता नीति एवं खेल पत्रकारिता र राष्ट्रीय गौरव विषयमा अनुशिक्षण गरिने नेपाल पत्रकार महासंघ जापानका आचार संहिता, नीति तथा प्रशिक्षण विभागका संयोजक चन्द्र खनालले जानकारी दिए। 

कार्यक्रममा सहभागी  हुनका लागि प्रतिव्यक्ति ३ हजार ५ सय येन शुल्कको व्यवस्था गरिएको छ । बिहान ११ बजेबाट साँझ ७ बजेसम्म संचालन हुने कार्यक्रम अनुशिक्षणमा सहभागी हुनेहरुलाई प्रमाण पत्र पनि दिइनेछ भने, खाना तथा नास्ताको समेत प्रबन्ध गरिने आयोजकले जनाएको छ । कार्यक्रमको खाका यसप्रकार तय गरिएको छ । 

( कार्यक्रम, तालिका)

त्यस्तै गरी आगामी डिसेम्बर १५ तारिख, गुन्मा केनमा क्रियाशिल नेपाली संघसंस्थाहरुसंग अन्तर्क्रिया गर्ने पनि महासंघले जनाएको छ ।

डिसेम्बर १५ तारिख गुन्माकेनमा हुने कार्यक्रममा गुन्माकेनमा क्रियाशिल नेपाली संघ-सस्थाहरुसँग अन्तरक्रिया गर्ने भएको छ । महासंघले आफ्नो दोश्रो बैठकबाट निर्णय गरि, संस्थाको काम कारबाहीलाई सहज बनाउन  विभिन्न विभाग गठन गरी, सम्बन्धित विभागलाई जिम्मेवारी दिएको छ भने, सोहि दिन गुन्माकेनमै संस्थाको नियमित तेस्रो बैठक पनि बस्ने बताएको छ । कार्यक्रम महासंघ जापान शाखाको संघसंस्था समन्वय विभागको आयोजनामा हुनेछ भने कार्यक्रमलाई जापान शाखाका संघ संस्था समन्वय विभागका सह-संयोजक सागर देवकोटाले सहजिकरण गर्ने जानकारी महासंघले दिएको छ । 

प्रकाशित: समय: 16:02:55  123पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार