नेपाल तामाङ समाज जापान (एनपिओ होउजिन) केन्द्रीय समितीले २८५६औँ जिवा ल्हो (मुसा) वर्ग सोनाम ल्होछार फेव्रुवरी २ मनाउने


तामाङपेज,

४ नोभेम्बर टोकियो जापान,

नेपाल तामाङ समाज जापान (एनपिओ होउजिन) केन्द्रीय समितीले मन्जुश्री संवत २८५६औँ जिवा ल्हो (मुसा) वर्ग सोनाम ल्होछार  विशेष साँस्कृतिक कार्यक्रम २०२० फेव्रुवरी २ तारिखमा मनाउने भएको छ । 

नेपालका विभिन्न ठाउँबाट आएर जापानलाई आफ्नो कर्मथलो बनाएका तामाङ समुदायको प्रतिनिधी संस्था नेपाल तामाङ समाज जापान केन्द्रीय समितीले हरेक वर्षहरुमा झैँ यसपाली पनि आफ्नो मौलिक पराम्परा र संस्कृतिको जगेर्ना गर्नको साथै राज्यको हरेक अङ्गमा समान सहभागिता जनाउन पनि नयाँ बर्ष उत्सव विविध साँस्कृतिक कार्यक्रम सहित मनाउने भएको हो । 

ल्होछार तामाङ जातिको संस्कार संस्कृति र पराम्परा मात्र नभएर राज्यले तामाङ समुदाय प्रति परापूर्खा कालदेखि गर्दै आएको दमन, शोषण अनि अत्याचार विरुद्धको एउटा चेतना र आवाज मार्फत गरिने वुलन्द आन्दोलन पनि हो । कला र संस्कृति अनि एकता मार्फत शाषक वर्गलाई चेतावनी दिन र  आफ्नो अस्तित्वलाई कायम राख्न पनि ल्होछार एउटा साँस्कृतिक जागारण आन्दोलन पनि हो । 

समाजले आफ्नो स्थापना कालदेखि हरेक वर्ष ल्होछार कार्यक्रम मनाउदै आइरहेको छ । यसपाली पनि भव्य साँस्कृतिक कार्यक्रम सहित टोकियो स्थित नेरीमा कल्चरल हलमा मनाउने र ल्होछारको विशेष तयारी शुरु गरिसकेको समाजका महासचिव हिमाल लामा वाइबाले जानकारी दिनुभयो ।

प्रकाशित: समय: 9:42:29  142पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार