तामाङपेज संवाददाता ।
ललितपुर,कात्तिक ९ गते शनिबार ।
ललितपुर जिल्ला वचत तथा ॠण सहकारी संघको ११३ औं नियमित बैठक शुक्रबार लगनखेलमा संघको कार्यालयमा सम्पन्न भएको छ।
तामाङपेजसँग कुराकानी गर्नुहुँदैं ललितपुर जिल्ला वचत तथा ॠण सहकारी संघकी उपाध्यक्ष लक्ष्मी शाक्यले संघका अध्यक्ष रामहरि बजगाईको अध्यक्षतामा शुक्रबार बसेको नियमित बैठकले आउँदो कात्तिक २१ गते २५ औं साधारण सभा गर्ने,रजत जयन्तीको समापन,स्मारिका विमोचन गर्ने जस्ता निर्णय गरिएको जनाएकी छिन् ।