कोन्ज्योसोम गाउँपालिका भित्र मोटरसाईकल चालकलाई कडाई,सवारी चालकले अनिवार्य हेल्मेट लगाउनु पर्ने


तामाङपेज संवाददाता ।

ललितपुर । ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमले कोन्ज्योसोम गाउँपालिका भित्र मोटरसाईकल चालकहरुले सवारी साधन चलाउँदा दुर्घटनाबाट बच्न,हेल्मेटको प्रयोग गरौं,साथै अनिवार्य रुपमा सवारी चालक अनुमतिपत्र(लाईसेन्स) एवं सवारी साधनको कागजपत्र बोक्नुपर्ने सूचना शुक्रबार सार्वजनिक गरेको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदै ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमका प्रहरी प्रमुख एवं प्रहरी नायव निरिक्षक नरेन्द्र बडुले ईप्रका कोन्ज्योसोमले सार्वजनिक गरेको सूचना विपरित कार्य गर्ने सवारी चालकहरुलाई प्रचलित कानुन बमोजिम कार्वाही गर्ने बताएका छन् ।

 

प्रकाशित: समय: 18:06:35  523पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार