एक दिने सरसफाई अभियन्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रशिक्षण प्रभावकारी भएको अभियन्ताहरुद्वारा स्पष्टोक्ती

तामाङपेज संवाददाता । 

ललितपुर । दक्ष सरसफाई अभियन्ता बनाउने उद्धेश्यले गोदावरीखोला क्षेत्र सरसफाई अभियानको आयोजनामा गोदावरीस्थित ईसिमोड सभाहलमा शनिबार ललितपुर जिल्ला क्षेत्र नं.२ का प्रतिनिधि सभाका सांसद कृष्णलाल महर्जनको प्रमुख आतिथ्यमा “एक दिने सरसफाई अभियन्ता प्रशिक्षण कार्यक्रम”सम्पन्न भएको छ ।

उक्त प्रशिक्षण कार्यक्रमको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कानुनी सल्लाहकार एवं वरिष्ठ अधिवक्ता ठाकुररमण आचार्य र वाग्मती सरसफाई महाअभियानका सरसफाई अभियन्ता एवं प्रमुख प्रशिक्षक डा.लक्ष्मी पौंडेलले प्रशिक्षणको ब्यानर खोलेर उदघाटन गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा ४५ जना प्रशिक्षार्थीहरुलाई आचारसंहिता ,सरसफाई अभियन्ताको दायित्व,भुमिका र समुदायमा प्रहरी साझेदारी भन्ने विषयमा क्रमश: डा.लक्ष्मी पौंडेल,हनुमन्तेखोला सरसफाई अभियान भक्तपुर संयोजक रुद्र पौंडेल,महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी निरिक्षक सुजितकुमार ओझाले प्रशिक्षण दिनु भएको एक दिने सरसफाई अभियन्ता प्रशिक्षण कार्यक्रमका संयोजक श्यामसुन्दर तिमल्सिनाले तामाङपेजसँगको कुराकानीमा जनाएका छन् ।

ईसिमोडको सभाहलमा प्रशिक्षण चलिरहेको बखत प्रशिक्षार्थीहरु नेपाल रेडक्रस सोसाईटी गोदामचौंर उपशाखाका सभापति एवं प्रशिक्षार्थी नन्दबहादुर श्रेष्ठ र गोदावरीका युवा सामाजिक अभियन्ता एवं प्रशिक्षार्थी सन्तोष कुँवर,ठैवका गोदावरीखोला क्षेत्र सरसफाई अभियन्ता एवं प्रशिक्षार्थी चेतन कार्कीले प्रशिक्षण सरसफाई अभियन्ताहरुको निमित्त उपलब्धिमुलक रहेको बताउनु भयो ।

प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हनुमन्तेखोला सरसफाई अभियानका संयोजक एवं प्रशिक्षक रुद्र पौंडेलले प्रदान गर्नु भएको थियो । एक दिने सरसफाई अभियन्ता प्रशिक्षण समापन समारोहमा वाग्मती सरसफाई महाअभियानका सरसफाई अभियन्ता चित्र सुनुवार,पुष्कल गजुरेल,कौशल्या घिमिरे,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ प्रहरी निरिक्षक श्यामकुमार कटवाल,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सदस्य सबिन्द्र महर्जन लगायतका विशिष्ट महानुभावाहरुको सहभागिता रहेको थियो ।

पर्यावरण रेडियो एफ.एम.का स्टेसन प्रमुख एवं रेडियोकर्मी अनिता महर्जनले संचालन गर्नु भएको उक्त प्रशिक्षण कार्यक्रममा अतिथिगणहरुलाई मायाको चिनो गोदावरीखोला क्षेत्र सरसफाई अभियानका संयोजक बेबि राजभण्डारी थापाले प्रदान गरेकी थिईन।

प्रशिक्षण सम्पन्न गर्न व्यवस्थापनको निमित्त विभिन्न तवरले ईसिमोड,वाग्मती सरसफाई महाअभियानका सरसफाई अभियन्ता चित्र सुनुवार,गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ताहरु दिलिप थापा,एन.बी.लिम्बू,सुबोध थापा,नारायणी पाण्डे,दिलेन्द्र थापा,सावित्री विष्ट,कुन्ता थापा,नारायणी थापा,शेखर गिरी,आष्मा थापा,युवा वुद्धिजिवी नवराज सिलवाल,गोदावरी नगरपालिका वडा नं.३ का वडाअध्यक्ष बालमुकुन्द घिमिरे,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ,प्रहरी चौकी गोदावरी,पर्यावरण रेडियो एफ.एम.बाँडेगाउँ,गोर्खाली रेडियो पोखरा,राष्ट्रिय समाचार समिति,लोकेश्वर मिडिया सर्भिस लगायतका निकाय तथा नागरिकहरुले सहकार्य गरेको प्रशिक्षण कार्यक्रम संयोजक श्यामसुन्दर तिमल्सिनाले तामाङपेजसँगको कुराकानीमा जानकारी दिनु भएको छ।

एकदिने सरसफाई अभियन्ता प्रशिक्षण कार्यक्रमको समापन अभियानका संयोजक बेबि राजभण्डारी थापाको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रकाशित: समय: 17:09:24  152पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार