आठ करोड लागतमा राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन


काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ उद्घाटन गरिएको छ । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो ।

जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिव ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा सो केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष समेत रहनु भएका पुनले जानकारी दिए ।

नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको पनि अध्यक्ष पुनले बताए ।

केन्द्रमा हाल २० वटा प्रोजेक्ट संचालनमा छन् । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।

प्रकाशित: समय: 22:50:30  90पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार