जावलाखेलमा “अन्तर्राष्ट्रिय विपद जोखिम न्युनीकरण दिवस”को अवसरमा विविध कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । नेपाल रेडक्रस सोसाईटी ललितपुर जिल्ला शाखाको अगुवाईमा अत्यावश्यक पुर्वाधारमा विपदबाट हुने क्षति घटाऔं,आधारभुत सेवा रोकिनबाट जोगाऔं भन्ने मुलनाराकासाथ ललितपुरमा पनि “अन्तर्राष्ट्रिय विपद जोखिम न्युनीकरण दिवस” विभिन्न सभा,समारोह गरेर आईतबार मनाएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदै नेपाल रेडक्रस सोसाईटी ललितपुर जिल्ला शाखाका सभापति बाबुराजा महर्जनले उक्त दिवसको अवसरमा र्याली,सभा ,विभिन्न कार्यक्रम जावलाखेलमा गरेको जनाएका छन् ।

नेपाल रेडक्रस सोसाईटी ललितपुर शाखाका सभापति महर्जनले सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, ललितपुर महानगरपालिका उप प्रमुख गिता सत्याल,महानगरिय प्रहरी परिसर जावलाखेलका वरिष्ठ प्रहरी उपरिक्षक टेकप्रसाद राई ,जिल्लास्थित सुरक्षा तथा सरकारी निकायका प्रमुखहरु,नेपाली सेना,शशस्त्र प्रहरी बल,नेपाल प्रहरी ,रेडक्रसकर्मीहरु,संघसंस्थाका प्रमुखहरु लगायतको उल्लेखनीय सहभागितामा अन्तर्राष्ट्रिय विपद जोखिम न्युनीकरण दिवस भब्य रुपमा मनाईएको छ ।

तस्बिर :

नेपाल रेडक्रस सोसाईटी,जिल्ला शाखा,ललितपुर ।

प्रकाशित: समय: 7:40:34  428पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार