तामाङपेज संवाददाता ।
काठमाडौं । मित्रराष्ट्र चिनका महामहिम राष्ट्रपति सि जिनपिन शनिबार नेपालमा आगमन भएका छन् ।
भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि नेपाली समयनुसार दिउँसो २:०३ मिनेटमा नेपालका लागि प्रस्थान गर्नु भएका चिनका राष्ट्रपति सि जिनपिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह ४:१० मिनेट जाँदा आई पुग्नु भएको छ । त्रिभुवन विमानस्थलमा राष्ट्रपति सि जिनपिनलाई भब्य स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपि शर्मा ओलि,मन्त्रीहरु,विशिष्ट व्यक्तित्वहरु,सुरक्षा निकायका प्रमुखहरुले भब्य स्वागत गर्नु भएको थियो ।
चिनका राष्ट्रपति सि जिनपिनको दुई दिने राजकीय भ्रमणका कारण उपत्यकाको सुरक्षास्थिति कडा पारेको गृह मन्त्रालय श्रोतले तामाङपेजसँग सम्पर्कमा जनाएका छन् ।